तिलोत्तमा गोल्ड कपको २१ औ संस्करण फागुन २ बाट

उपाधि विजेतालाई नगद ८ लाख ८० हजार

तिलोत्तमा गोल्ड कपको २१ औ संस्करण फागुन २ बाट
 
स्वस्तिक श्रेष्ठ
बुटवल, माघ
रुपन्देही जिल्लामा पुरानो फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकपको २१ औ संस्करणको फागुन २ गतेबाट हुने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा तिलोतमा गोल्डकप नकआउट फुटवल प्रतियोगिता २०७५ हुने भएको हो । 
शनिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी शुरु भएको संघका अध्यक्ष दीर्घ बहादुर केसीले बताए । यसवर्ष प्रतियोगिताको पुरस्कार राशीमा समयसापेक्ष पुरस्कार राशी बढाएको बताए । ‘उपाधि राशीमा एक लाख वृद्धि गरिएको छ ।’– उनले भने । प्रतियोगिताको उपाधि विजेताले गोल्डकपसंगै नगद ८ लाख ८० हजार तथा उपविजेताले ५ लाख ५० हजार प्राप्त गर्नेछन । यसैगरि प्रतियोगितामा पाच जना विधागत उत्कृष्ट खेलाडीलाई कपसहित नगद २५ हजार तथा सर्वोत्कृष्ट एक जना खेलाडीलाई मोटरसाइकलबाट पुरस्कृत गरिने छ । प्रतियोगिताको लागि टिमको अनुबन्ध, खेलमैदान मर्मत, प्याराफिट रंगरोगन तथा पूर्वतर्फ नया प्याराफिट निमार्ण समेत भैरहेको उनले बताए । फागुन २ देखि ११ गतेसम्म शुरु हुने प्रतियोगितामा १ करोड २ लाख बराबर खर्च हुने आयोजकको अनुमान छ । 
संघका वरिष्ठ उपाध्यक्ष भुपेन्द्र बहादुर क्षेत्री (हरि) ले आर्थिक ब्यवस्थापनको पाटो महत्वपुर्ण रहेको बताए । मुख्य प्रायोजकबाट १५ लाख बाहेक अन्य आम्दानीको श्रोतका रुपमा टिकट भएको उनले बताए । प्रतियोगितामा नेपालको ए डिभिजनका उत्कृष्ट ६ टिम सहित झापा ११, एक विदेशी टिम क्यारुन गरि १० टिमको सहभागिता रहने उनले बताए । अखिल नेपाल फुटबल संघको वार्षिक क्यालेण्डरमा प्रतियोगिता ए क्याटोगरीमा परेको समेत उनले बताए ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले खेलकुदलाई प्राथमिकतामा राखेर नगरपालिकाबाट बजेट विनियोजना भएको बताए । यो वर्ष ढाई करोड बरारबर रकम खेलकुद पूर्वाधारमा बजेट विनियोजना गरेर काम अघि बढेको उनले बताए । नगरपालिकाले नगर खेलकुद विकास समिति बनाएर खेलकुद क्षेत्रको विज्ञहरुबाट सल्लाहसुझाव लिएर काम भैरहेको उनले बताए । कुन तहका प्रतियोगिता कस्ले गर्ने भन्ने विषयलाई बाध्न जरुरी रहेको भन्दै उनले नाम अनुसार प्रतियोगिता आयोजना हुनुपर्ने बताए । उजिरसिह अन्तरास्ट्रिय खेल मैदान प्रदेश सरकारसंग समन्वय गरेर अघि बढिरहेको बताए । जबई खेल मैदानलाई अन्तराष्ट्रिय स्तरको खेल मैदान निर्माण भैरहेको उनले बताए । 
नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिनेश पाण्डेले हरेक स्थानिय तहले एकएक खेललाई प्राथमिकतामा राखेर पहिचान दिने रुपमा अघि बढाउन सक्नुपर्ने सुझाव दिए ।बास्केट बनाएर आर्थिक ब्यावस्थापन जरुरी रहेको उनले बताए । खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारीले यस क्षेत्रको गरिमाको रुपमा आयोजना हुँदै आएको भन्दै सबैको साथ जरुरी रहेको बताए । 
 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार