युएईविरुद्धको टी ट्वान्टी श्रृंखलामा नेपालको कब्जा

युएईविरुद्धको टी ट्वान्टी श्रृंखलामा नेपालको कब्जा
 
विश्व न्यूज संवाददाता
काठमाण्डौं  ।
नेपाललले संयुक्त अरब इमिरेट्स युएईविरुद्ध टी ट्वान्टी श्रृंखला समेत २–१ ले जितेको छ । युएईको भ्रमणमा रहेको नेपाललले आइतवार ३ खेलको श्रृखलाको अन्तिम खेल १४ रनले जित्दैं श्रृखंला जितेको हो । वर्षाले प्रभावित खेलमा डकवर्थलुइस नियमानुसार १० ओभरमा खेल छोट्टाइएको थियो । जसमा नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ४ रन बनाएको थियो । 
नेपालको लागि पारस खड्काले २९, सुनदीप जोराले २८ रन र विनोद भण्डारीले २१ रनको योगदान दिएका थिए । 
१ सय ५ रनको विजय लक्ष्य पाएको युएईले निर्धारित ओभरमा ८ विकेटको नोक्सानीमा मात्र ९० रन जोड्न सक्यो । युएईका ब्याट्सम्यानहरुलाई पेवेलियन फर्काउने क्रममा ललित राजवंशी, करण केसी, अभिशेष बोहोराले २/२ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले १/१ विकेट लिएका थिए । खेलमा २ विकेट लिनुका साथैं १०  रन समेत बनाएका करण केसी प्लेयर अफ द म्याच भए । नेपालले युएईविरुद्धको एकदीवसीय श्रृखंला समेत २–१ जितेको थियो ।  
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार