एल्महर्स्टको ७ ट्रेन स्टेसनमा गोली चल्दा एक जनाको मृत्‍यु

एल्महर्स्टको ७ ट्रेन स्टेसनमा गोली चल्दा एक जनाको मृत्‍यु
न्यूयोर्क ।
 
न्युयोर्क कुईन्सको ट्रेन स्टेसनमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । एल्महर्स्ट स्थित एल्महर्स्ट एभिन्यु र ९० स्ट्रिटको ७ ट्रैन स्टेसनमा आईतबार दिउ“सो गोली चल्दा एक जनाको मृत्यु भएको स्थानीय सुरक्षा अधिकारिहरुले जनाएका छन् । घटना पछी प्रहरीहरु घटनास्थल पुग्दा मृतक ब्यक्ती रेलको प्लेट्फर्ममा लडीरहेको  न्यूयोर्क प्रहरीले जनाएको छ । प्रहरीले ती ब्यक्तीलाई घटनास्थलमा तत्काल मृतक घोषणा गरेका थिए । 
ट्रेन स्टेसनमा दुई जना बीचको बिबादका क्रममा गोली चलेको बताइएके छ । मृतकले पारिचय पत्र नबोकेका कारण हाल सम्म उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ भने बन्दुकधारीको खोजी भैरहेको छ । ती बन्दुकधारी मोटो शरीर भएको निलो जिन्स प्यान्ट र निलो ज्याकेट लगाएको प्रारम्भीक हुलिया सार्वजनिक गर्दै प्रहरीलाई लाई उद्दृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ । 
घटनापछी केही समय ७ ट्रेन सेवा ९० स्ट्रिटको लागि बन्द भएको थियो । न्युयोर्क प्रहरीले त्यस्ता  संकास्पद व्यक्ती कसैले देखे तत्काल न्युयोर्क प्रहरीको अपराध रोकथामको हट्लाईन नम्बर १–८००–५७७–८४७७ खबर गर्न अनुरोध गरेको छ ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार