क्यालिफोर्निया स्थित घरको छानोमा हवाई जहाज खस्दा दुईको मृत्यु

क्यालिफोर्निया स्थित घरको छानोमा हवाई जहाज खस्दा दुईको मृत्यु
क्यालिफोर्निया    
क्यालिफोर्निया राज्यको अरेन्ज काउन्टी अन्तर्गतको सानो शहर योर्बा लिण्डाको एक घरको छानोमा  आईतबार हवाई जहाज खस्दा दुई जनाको मृत्यु भएको छ । घटनामा दुई जना गम्भिर घाइते भएका छन् । घाईतेहरुलाई तत्काल अस्पातल पुर्याइएको जनाईएको छ । 
 
आवासीय क्षेत्रको दुई तले घर माथि दिउँसो १:४५ बजे जहाज खसेको थियो । नजिकैको फुलर्टोन म्युनिसिपल बिमानस्थलबाट उडेको १० मिनेटमै ‘सेस्ना ४१४ ए’ नामको जहाज दुर्घटनामा परेको फेडरल एभिएसन एडमिनिस्ट्रेसनका प्रबक्ता एलन केनिट्जरले बताएका छन् ।  
 
घटनास्थल लसएन्जलसबाट ३३ माईल्स दक्षिण पूर्वमा पर्छ ।  फेडरल एभिएसन एडमिनिस्ट्रेसन र नेसनल ट्रान्पोर्टेसन सेफ्टी बोर्डले संयुक्त रुपमा घटनाको अनुसन्धान गरिरहेको समेत प्रबक्ता केनिट्जरले जानकारी दिएका छन् ।  जहाज खसे पछी योर्बा लिण्डाका केही घरहरुमा आगोलागी भएको छ भने जहाजका पाट्पुर्जा बस्ती वरीपरी छरिएका थिए ।  
 
दुर्घटनामा परेको जहाजमा दुई इन्जिन थिए । यो जहाज सेस्ना ४१४ को सुधारिएको रुप हो ।  सन्  १९८५ मा सेस्ना ४१४ को निर्माण बन्द भए पछी सेस्ना ४१४ ए सुरु गरिएको थियो ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार