आप्रवासीलाई छेक्न मेक्सिकोसँगको सीमामा चार हजार अमेरिकी सेना थपिए

आप्रवासीलाई छेक्न मेक्सिकोसँगको सीमामा चार हजार अमेरिकी सेना थपिए
न्यूयोर्क
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले झन्डै चार हजार थप सेना दक्षिणी सीमा क्षेत्रमा खटाएको छ । दक्षिण अमेरिकी मुलुकबाट अमेरिका प्रवेशका लागि आइ रहेको हजारौँ मान्छेहरुको समूह (क्याराभान) लाई मेक्सिकोसँगको बोर्डरमै रोक्न सेना संख्या थपिएको हो । 
 
पेन्टागनले आईतबार एक विज्ञप्ती जारी गर्दै कस्टम एन्ड ब्रोडर प्रोटेक्सनको सहयोगको लागि सेना पठाउन लागेको जनाएको छ । टेक्सास, एरिजोना, क्यालिफोर्निया लगायत राज्यका सिमानामा यस अघिनै झण्डै २५ सय सेना खटाइएको छ । सेनाको अलाबा दक्षिणी सिमा सुरक्षार्थ २२ सयको संख्यामा नेसनल गार्डहरु पहिले देखी नै तैनाथ थिए ।
 
थप गरिएको सैन्य शक्तिलाई फेब्रुअरी मध्य देखि सीमानामा खटाइने जनाइएको छ । मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने आफ्नो चुनावी बाचा कार्यान्वयनका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले बिभिन्न प्रयास जारी जारि राखेका छन् । पर्खालका लागि रकम माग गरेर ३५ दिनसम्म सरकार सट डाउन गर्दा पनि हाउस र सिनेट डेमोक्र्याट तयार नभए पछि फेब्रुअरी १५ सम्मका लागि सरकार सुचारु गर्ने सहमति भएको थियो । सीमामा वास्तविक समस्या भन्दा धेरै ट्रम्पले आफ्नो राजनीतिक फाइदाका लागि बनावटी समस्या देखाएको आरोप डेमोक्र्याटहरुले लगाउँदै आएका छन् । यस पटक थप गरिएका सेना ९० दिनसम्म सीमा क्षेत्रमा तैनाथ हुने पेन्टागनले जनाएको छ । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग