पाेखरामा गगनकाे गर्जन : ‘पर्यटनमन्त्री हुनु भनेको ४ अर्ब कुम्ल्याउनु हो ?’

पाेखरामा गगनकाे गर्जन : ‘पर्यटनमन्त्री हुनु भनेको ४ अर्ब कुम्ल्याउनु हो ?’
पोखरा, माघ २१
नेपाली कांग्रेसको केन्द्रिय कार्यक्रम अनुसार सोमबार कास्की कांग्रेसले पनि बृहत विरोध ¥याली गरेको छ । पोखराको व्यस्त पृथ्वीचोकदेखि ¥याली सुरु भई न्युरोड, चिप्लेढुङ्गा हुँदै महेन्द्रपुलमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कम्युनिष्ट नेतृत्वको सरकारको गतिविधीको आलोचना, निर्मला पन्त बलात्कार र हत्या प्रकरण टुंगो लाग्न नसक्नु, कांग्रेसी नेताका नामका अस्पतालको अस्तित्व मेट्न खोजेको, सुनकाण्ड, वाईडबडि विमानमा भ्रष्टाचार, गोविन्द केसीको अनसनमा उदासीनता, बलजफ्ती रुपमा चिकित्सा शिक्षा विधेयक पारित, महंगी लगायतका विषयमा नाराबाजी गर्दै कांग्रेसले सरकारको विरोध गरेको हो ।
कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले कांग्रेसले सरकारको विरोध मात्र गरेको हुँदा यसबाट सरकारलाई नआत्तिन सुझाव दिए ।
‘कांग्रेसले युद्ध सुरु गरेको छैन, शक्ति प्रदर्शन गरेको छैन्, मात्र सुसेलेको छ, यो ट्रेलरमात्र हो, हामीले सरकारलाई चलचित्र कस्तो हुन्छ केहि समयपछि देखाउँछौँ ।’ उनले भने ।
सरकारले यातायातको सिण्डीकेट, समयमा काम नगर्ने निर्माण ब्यवसायीलाई समयमै काम गर्न लगाउने,  बैदेशिक रोजगारीमा जाने मान्छेहरुलाई ठगीबाट जोगाउने बताए पनि केहि नगरेको बताए । अर्थतन्त्र धराशायी स्थितीमा पुगेको र यसमा पनि सरकार नै जिम्मेवार रहेको उनको आरोप छ ।
पहिलो पटक व्यापारीहरु सडकमा निस्केको देखेको भन्दै  सरकारको क्षमता देखिएको बताए । ‘पहिलो पटक ब्यापारीहरु सडकमा आएको देखेँ।त्यो पनि बैंकको ब्याज घटाइदेउ भनेर,’ उनले भने, ‘बजारमा पैसा छैन। बजारमा पैसा यसकारणले छैन । सरकार गफ गरिरहेको छ। सरकारको ढुकुटीमा भएको पैसा निकाल्न सकिरहेको छैन। आयात गर्ने स्थिती बढेको छ । निर्यात गर्ने कुरा घटेको छ। यसलाई तत्काल सन्तुलनमा ल्याएन भने देश ठुलो संकटतर्फ जाँदैछ ।’ 
सरकारले गरेको हिसाब किताब खोज्न सबै सचेत भएर बस्न उनले आग्रह गरे । यस्तै, सरकारको कार्यशैलीप्रति कांग्रेसले छिटै नै लाखौँ मान्छे सडकमा उतारेर शक्ति प्रदर्शन समेत गर्ने उनले बताए ।
यसबाहेक थापाले चित्रबहादुर केसी भन्दा पनि ओली बेईमान भएको आरोप समेत लगाए । ‘नेपालमा संघीयता सबै भन्दा मन नपराउने मान्छे चित्र बहादुर केसी हो । उहाँ सबैभन्दा इमान्दार हुुनुहुन्छ । उहाँले भोट माग्दै गर्दा पनि संघीयता काम छैन भनेर माग्नु भो । तर, जनताको बीचमा आएर संघीय नेपालको नेतृत्व गर्छु भनेर भोट माग्ने केपी ओली यस कारणले इमान्दार होइन बेइमान हुनुहुन्छ । किनकी नेपालको संघीयता मास्नको लागि आजको दिनको कोही उद्दत छ भने प्रधानमन्त्री केपी ओली हुनुहुन्छ ।’
उनले बहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई समेत व्यंग्य गर्दै प्रश्न गरे, ‘पर्यटनमन्त्री हुनु भनेको ४ अर्ब कुम्ल्याउनु हो ?’ उनले विरोध प्रदर्शन शक्ति प्रदशर्न नभएको हुँदा सरकारले युद्ध सुरु भएजस्तो व्यवहार नगर्न समेत चेतावनी दिए ।
पूर्व कानुनमन्त्री यज्ञबहादुर थापाले सरकारलाई लाछी, कायर र निकम्मा भएको आरोप लगाए ।
गत शनिबार बिहान सरकारी गाडीमा आगजनी गरेको आरोपमा पक्राउ परेको नेविसंघका कार्यकर्तालाई तत्काल रिहा गर्न पनि उनले आदेश दिए । उनले आइतबार जारी गरेको विज्ञप्तिमा विद्यार्थी नेतालाई विनासर्त रिहाई नगरे कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् ।
प्रहरीले आगजनीको आरोपमा ५ जनालाई पक्राउ गरेतापनि २ जनालाई छाडेको छ भने ३ जना अझै थुनामा छन् ।
पोखरामा भएको सरकार विरुद्धको विरोध प्रदर्शनमा नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री यज्ञबहादुर थापा, प्रदेश सभा सदस्य एवं कांग्रेस नेता कुमार खड्का, विन्दु कुमार थापा लगायतले सम्बोधन गरेका थिए ।
उनीहरुले सरकार जनताको इच्छा चाहनालाई कुल्चँदै निरंकुश बन्दै गइरहेको आरोप लगाएका छन् । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नसच्याए प्रतिपक्षि कांग्रेस सडक र सदनबाट सरकारलाई दबाब जारी राख्ने कांग्रेस नेताहरुको भनाइ छ ।
गगन थापालाई नेविसंघको कालो झण्डा
आईतबार कास्की कांग्रेसरको विरोध सभामा सहभागी हुन आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगन थापालाई नेपाल विद्यार्थी संघले कालो झण्डा देखाएको छ ।
उनलाई नेविसंघ कास्कीका अध्यक्ष विकास थापा सहितको टोलीले कालो झण्डा देखाएर विरोध गरेको हो, त्यतिबेला उनी कोणसभामार्फत सम्बोधन गर्दै थिए ।
विरोध गर्नुको कारणबारे नेविसंघ कास्की अध्यक्ष थापाले भने, ‘गगन थापाले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले नेविसंघको आन्दोलनलाई असर पुग्यो ।’
नेता गगन थापाले सामाजिक सञ्जाल फेसबुकमा ‘नेविसंघको नाममा केही ‘विद्यार्थीले’ सरकारी गाडी जलाएकोमा तपाईको धारणा के हो, भनेर थुप्रै साथीहरुको प्रश्न रहेछ । किन्तु, परन्तु केही नलगाई मेरो उत्तरः त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ । यस्तो कामलाई निरुत्साहित गर्न म डटेर लाग्नेछु,’ नेता गगन थापाले फेसबुकमा सार्वजनिक गरेका छन् ।’ भन्ने अभिव्यक्ति दिएका छन् ।
गाडीमा आगजनी गरेकै कारण कास्की प्रहरीले ५ जना नेविसंघका कार्यकतालाई पक्राउ समेत गरेको थियो । उनीहरु मध्ये लक्ष्मी पौडेल र राजेन्द्र बराल भने छुटिसकेका छन् । डिफान भुजेल, परशुराम बस्नेत र विनय पौडेल अझै पनि थुनामै छन् ।
यसको विरोधमा नेविसंघ कास्कीले विज्ञप्ती निकालेर पक्राउ परेका कार्यकर्तालाई छाड्न माग गर्दै घटनाको जिम्मेवारी लिएको थियो ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार