विजेता नेपाली टोलीलाई विमानस्थलमा रातो कार्पेटमा स्वागत

सामूहिक प्रदर्शनको कारण युएईमा सफलता –कप्तान पारस

विजेता नेपाली टोलीलाई विमानस्थलमा रातो कार्पेटमा स्वागत
काठमाडौं, माघ   
यूएईविरुद्ध ऐतिहासिक एक दिवसीय र टी–२० सिरिज जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । खेलकुद मन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिवसहित सयौंको संख्यामा आएका खेल समर्थकले रातो कार्पेट ओछ्याएर खेलाडीहरुलाई स्वागत गरेका थिए ।
युएई भ्रमणमा नेपालले तीन वटा एक दिवसीय र तीन वटा टी–२० सिरिज खेलेको थियो । नेपाली टोली दुवै सिरिज २–१ ले जितेर ऐतिहासिक सफलतासहित नेपाल फर्किएको हो । पारस खड्कको कप्तानीमा रहेको नेपाली टिमलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषदले रातो कार्पेट ओछ्याएर स्वागत गरेको छ । आईसीसीले ४ वर्षलाई एक दिवसीय मान्यता दिएपछि नेपाल दोस्रो सिरिज खेल्ने क्रममा युएई पुगेको थियो । यसअघि नेपालले पहिलो सिरिज नेदरल्याण्ड्ससँग खेल्दा बराबरीमा रोकिएको थियो । यस पटक एक दिवसीय र टी–२० का सुरूका खेल हारे पनि लगातार दुई खेल जित्दै सिरिज नै कव्जा गरेको थियो । यसैबीच नेपाली टिमका खेलाडी सन्दीप लामिछाने भने युएईबाटै अष्ट्रेलिया गएकाले उनी काठमाडौं आएनन् । उनी अष्ट्रेलियामा जारी बिग ब्यास लिग खेल्न युएईबाटै गएका नेपाली क्रिकेट टिमका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए ।
 
बिमानस्थलमा पत्रकारसंगको नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले चितवनमा गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बन्नु नेपाली क्रिकेटका लागि सुखद कुरा भएको बताए । ‘रंगशाला हामी खलाडीहरुका लागि आवश्यक छ ।’ उनले भने । अन्तराष्ट्रिय खेल खेलाउन नेपाललाई पूर्वाधारको आवश्यकता रहेको उनले बताए । आइसीसीका प्रतिनिधि नेपाल आएर त्रिवि क्रिकेट मैदानको अवलोकन गर्ने जानकारी आएको भन्दै उनले नेपालमै पनि ओडिआइ हुनसक्ने समेत बताए । सामूहिक प्रदर्शनको कारण युएईमा सफलता सम्भव भएको उनले बताए । 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार