नेत्रहीन महिला क्रिकेट श्रृखलामाथि नेपालको कब्जा

नेत्रहीन महिला क्रिकेट श्रृखलामाथि नेपालको कब्जा
 
 
काठमाडौं
माघ 
खेलकुद पूर्वाधारमा सरकारको न्युन लगानी हुदा पनि नेपाली खेलकुदले अन्तराष्ट्रिय मञ्चमा बलियो प्रदर्शन गरेको छ । धेरै सफलता दिलाउन सफल भएको छ । पछिल्लो पटक युएईलाई एक दिवसीय र टि–ट्वान्टी खेलमा पराजित गर्दै नेपाली टिमले ऐतिहासिक जित निकालेको खुशीयाली मनाईरहदा नेपालले विश्वमै पहिलो पटक आयोजना गरिएको अन्तराष्ट्रिय महिला नेत्रहीन क्रिकेट प्रतियोगिताको श्रृखला समेत कब्जा गरेको छ । पाकिस्तानविरुद्ध भइरहेको जारी श्रृखला अन्तर्गत चौथो खेल ९ विकेटले जित्दै नेपाल एक खेल अगावै विजेता बनेको हो । लाहोरमा भएको पहिलो र रावलपिण्डीमा भएको तेस्रो खेल नेपालले समान १० विकेटले आफनो कब्जा गरेको थियो । फैसलावादमा हुने भनिएको दोस्रो खेल भने वर्षाका कारण स्थगित भएको थियो । इस्लामावादमा भएको खेलमा नेपालले पाकिस्तानले दिएको १ सय २ रनको लक्ष्य ८.५ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालको लागि विमला राईले सवाधिक ४२ रन बनाइन् । ओपनर मनकेसी चौधरीले २५ र मुना अर्यालले २२ रन बनाए । इस्लामावादस्थित शालिमार क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निधारित २० ओभरमा सात विकेट गुमाएर १ सय १ रन बनाएको थियो । पाकिस्तानका लागि किरन रफिकले १६ रन बनाईन् । ओपनर तयावा फतिमाले १३ रन जोडिन् । बलिङमा नेपालकी कप्तान विनिता राई, मुना अर्याल र आयुष्मा क्षेत्रीले समान  १–१ विकेट लिएका थिए । नेपालकी विमला राई प्लेअर अफ द म्याच घोषित भइन् । मुना अर्यालल भ्यालुएबल प्लेअर भइन् ।
 

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग