तामाङ समाज अमेरिकाले मनायो ल्होसार

तामाङ समाज अमेरिकाले मनायो ल्होसार
न्यूयोर्क÷अमेरिका 
तामाङ समाज अमेरिकाले न्यूयोर्कमा २८५५ औं सोनाम ल्होसार सम्पन्न गरेको छ । नेपाली महाबाणिज्यदूतावासका बाणिज्यदूत कृषु क्षेत्री र क्वीन्सबोरोका काउन्सिल मेन कोष्टा कन्स्टेन्टिनिडिस को सहभागितामा ल्होसारको कार्यक्रम सम्पन्न गरिएको हो । बाणिज्यदूत क्षेत्रीले छोटो समयमा यस संस्थाले धेरै रचनात्मक र सामाजिक कार्यहरु सम्पन्न गरेर नेपाली डायस्पोरामा प्रमुख भुमिका निर्वाह गरिरहेको बताए । दोश्रो पुस्तालाई नेपाली र तामाङ भाषाबाट शिक्षित गर्ने कार्यक्रम तामाङ समाज अमेरिकाले सञ्चालन गरेर आफ्नो मौलिक भाषाको प्रवद्र्धन प्रवासमा गरिनु अत्यन्तै सराहनीय रहेको उनले बताए । काउन्सिलमेन कोष्टाले न्यूयोर्क शहरमा ‘माउन्ट एभरेष्ट वे’ को नामाकरणको घोषणा सभा छिट्टै गरिने औपचारिक घोषणा गरे । कोष्टाले आफु नेपाली समुदायबाट अत्यन्तै प्रभावित भएको र नेपाली समुदायको लागि न्यूयोर्क शहरमा स्थानीय सरकारबाट उपलब्ध गराउन सकिने सबै सहयोगहरु गर्न आफु संधै तत्पर रहेको बताए । संघीय सरकार आप्रवासीको हकमा प्रतिकुल देखिए पनि न्यूयोर्कको स्थानीय सरकारले आप्रवासीप्रति संधै स्वागत गरिरहने उनले बताए । तामाङ समाज अमेरिकाले कर्मभुमीमा आफ्नो पहिचानलाई स्थापित गर्दै आफ्नो मौलिकतालाई निरन्तरता दिएकोबारे खुलेर प्रंससा गरे । 
संस्थाले नेपालको नुवाकोट जिल्लामा ट्रक दुर्घटनाका पीडित परिवारलाई १ लाख ४० हजार सहयोग गरेको तथा दोलखा र रामेछाप जिल्लाको पबित्र धार्मिक एंव एतिहासिक तिर्थस्थल शैलुङ डाँडाँमा बोधी चैत्य निर्माणको लागि ५ लाख रुपैयाँ चन्दा सहयोग उपलब्ध गराउने लगायत कार्य गरेको छ । अमेरिकामा हुर्किरहेका बालबालिका आफ्नो भाषा सिकाउनका लागि नेपाली र तामाङ भाषाको कक्षा सञ्चालन गरिरहेको छ । सामाजिक मानबीय क्षेत्रमा मात्र नभएर स्थानीय मुलधारमा तामाङ समाज अमेरिकाका संरक्षक लुईसाङ वाइवा तामाङ स्थानीय एल्म्हस्र्ट हस्पिटलको कम्युनिटी एडभाइजरी बोर्डमा नियुक्त भएकोमा संस्थाले गौरब गरेको छ । 
संस्थाकी अधयक्ष सानुमाया तामाङले सामाजिक बिकासको लागि संस्थाले नेपाल र अमेरिका दुबैमा महत्वपूर्ण सहयोग गरिरहेको बताइन् । तामाङ समुदायको ससक्तीकरणको लागि मात्र नभएर डायस्पोराको सिङो नेपालीको पहिचानलाई स्थापित गराउन तामाङ समाज अमेरिकाले सक्रिय रुपमा कार्यक्रम सञ्चालन गर्दै अन्य संघसंस्थासंग रचनात्मक उदेश्यको लागि हातेमालो गरेर अगाडि बढ्ने  बताइन् । 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार