आईतबार क्विन्सको गोली हानाहान एमएस १३ र एटिन्थ स्ट्रिटको ग्यांग फाइट, एक पक्राउ

आईतबार क्विन्सको गोली हानाहान एमएस १३ र एटिन्थ स्ट्रिटको ग्यांग फाइट, एक पक्राउ
न्यूयोर्क 
आईतबार क्विन्स स्थित ९० स्ट्रिट ट्रेन स्टेसनको प्लेटफर्ममा भएको गोली प्रहारमा चर्चित आपराधिक समूह एमएस १३ को संलग्नता रहेको प्रहरी स्रोतले जनाएको छ । घटनामा संलग्न एकजनालाई सोमबार पक्राउ गर्न प्रहरी सफल भएको छ भने अर्का एक जनाको खोजी जारि छ ।
 
प्रहरीलाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरुले जनाए अनुसार एक आपसका दुश्मन रहेका आपराधिक समूहहरु एमएस १३ र एटिन्थ स्ट्रिट बीच प्लेटफर्ममा गोली हानाहान भएको थियो । एमएस १३ का सदस्यले चलाएको गोली प्रहारबाट एटिन्थ स्ट्रिटका सदस्य मारिएका हुन् । पक्राउ परेका व्यक्ति गोली प्रहार गर्ने नै हुन् या घटनामा संलग्न मात्र हुन् भन्ने बारे खुलि सकेको छैन ।
 
आईतबार मध्यान्न पौने १ बजे दुई व्यक्तिले भुइँमा लडिबडी गर्दै अर्को एकजनालाई कुटि रहेको भिडियो अहिले भाइरल भइ रहेको छ । यत्तिकैमा एक व्यक्ति उठेर पेस्तोलबाट अचानक छ पटक फायर गरेको आवाज भिडियोमा सुनिन्छ । घटनामा मारिने व्यक्तिको टाउकैमा गोली लागेको थियो । गोली हान्ने व्यक्तिले आफुतिर सुतेर झम्टि रहेको व्यक्तिलाई सिधै पेस्तोल ताकेर फायर गरेको भिडियोमा देखिन्छ ।
 
प्रहरीले घटनामा संलग्न व्यक्तिको फोटो सार्वजनिक गरेर वारेन्ट जारी गरेको थियो । त्यही मध्ये एक जनालाई सोमबार पक्राउ गर्न न्यूयोर्क प्रहरी सफल भएको हो । 
 
एमएस १३ अन्तर्राष्ट्रिय सञ्जाल भएको चर्चित आपराधिक समूह हो । लागुऔषध कारोबारका लागि चर्चित यो समूह अमेरिकी प्रशासनका लागि लामो समय देखि टाउको दुखाइको बिषय रहँदै आएको छ । डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचनताका यो समूहलाई निमिट्यान्न पार्ने उद्घोष गरेका थिए । मेक्सिकोमा बलियो प्रभाव रहेको यो समूह लगायतलाई निषेध गर्न सीमाना पर्खाल लगाउनु पर्ने उनको दावी थियो ।
 
राष्ट्रपति निर्वाचित भए पछि पर्खाल लगाउने योजना मूर्त नभए पनि यो समूहलाई भने निमिट्यान्न पारेको दावी ट्रम्पले गर्दै आएका थिए । एटिन्थ स्ट्रिट भने एमएस १३ को प्रतिश्पर्धी आपराधिक समूहमध्येको एउटा रहेको जनाइएको छ । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार