बिना मौसमको प्रचण्डको बक्तब्य नै नेपाली रास्ट्रियतामा माथि ग्रहण

बिना मौसमको प्रचण्डको बक्तब्य नै नेपाली रास्ट्रियतामा माथि ग्रहण
हरिबोल भण्डारी
हाल : अमेरिका 
 
परराष्ट्र नितिको सामान्य मर्यादालाई पनि हेक्का नराखी गत हप्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का फिफ्टी फिफ्टी अध्यक्ष  पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकाको बिरूद्ध भेनेजुयलाको पक्षमा वकालत गर्दै बक्तब्य निकाले, उनको यो बक्तब्यको कटाक्ष  युद्धकालमा उनले थुप्रै पटक प्रयोग गर्ने गरेका  "अमेरिकी साम्राज्यबाद  बिरूद्ध " को कथित आवाज  वा भनौ  भर्खर सपनाबाट ब्युझिएएर बोले जस्तो वा कता कता भावाना र  आबेगमा बगेर  बोले  जस्तो आभास हुन्छ ।  अझ उनको बक्तब्यको सारलाई गहिरिएर सोच्न्ने हो भने जिम्मेवार नेताको परराष्ट्र निति कति सम्म अपरिपक्वा रहेछ भनेर धेरै सोच्नै परेन । हिजो सासन सत्तामा पुग्न्ने भर्याङ्गका रुपमा ने क पाका बर्तमान अध्यक्ष्य पुष्पकमल दाहालले  गरिबी र अशिक्षाले आक्रान्त दुर दराजका जनताका अगाडी थुप्रै साम्राज्यबादका बिरुद्ध  र मुक्तिका नक्कली कुरा गरीए ।  दुइ ग्लोबल शक्तिको चेपुवामा रहेको नेपाल जस्तो सम्बेदनाशील भूगोल भएको मुलुकका सरकार संचालन कर्ता दलका मुख्य नेताको आबेगपुर्ण बक्तब्यको आलोचना हुनु त स्वाभाविक नै हो ।  पुष्प कमल दाहाल जत्तिको  हैसियतको नेताले अन्तर्रास्ट्रिय जगतको बिषयमा बोल्नु हिजो युद्ध कालमा कुनै दुर दराजको गाऊका जनाता भड्काउका लागि बोले जस्तो अबस्य होईन । भारत र चिन संग खुला सिमाना जोडिएको नेपालले यति बेला देखाउने हरेक चरित्रको पररास्ट्र नीतिले नेपालको भबिस्य अबस्य निर्देशित गर्ने छ ।  एउटा लोकतान्त्रिक गणतान्त्रात्मक मुलुकको जिम्मेवार नेताले आबेगमा दिएका यस्ता  बक्तब्य बाजी नेपालि रास्ट्रियता माथिको ग्रहण नबनोस । यसै पनि नेपालिहरु यस्ता गैर जिम्मेवार नेताहरु बाट पहिले देखि नै धेरै पिडित छन् ,दुखि छन् ।
 
 
शान्त रहेको पोखरीमा ढुंगा प्रहार गर्दा त्यहॉं उत्पन्न हुने तरंग ढुंगाको तौल, ढुंगा प्रहार गर्दा प्रयोग भएको बल र पोखरीको फिंजावटको आधारमा हुने गर्दछ, त्यसको आधारमा नै कति टाढाको  दुरी सम्म त्यसको प्रभाब पर्दछ भन्ने हुन्छ। मैले यहॉं पाठकलाई पस्कन खोजेको सन्दर्भ के हो भने पुकदा उर्फ (छबिलाल) को बक्तब्यको तौल र त्यहॉं प्रयोग भएको शक्तिले अमेरिकालाई कति क्षति पुग्छ म त्यतातिर जॉंदिन तर यसको प्रत्यक्ष प्रभाब र दिर्घकालिकन असर नेपालको राष्ट्रियतामा  भने अबश्य पर्नेछ। भावाना र आवेगमा गरिने कच्चा राजनितिक सोंचको परिणति हो यो बक्तब्यबाजी । भेनेजुएलाको राजनितिक प्रसङ्गमा पूर्व प्रधानमन्त्रि पुष्प कमल दाहालको बक्तब्य आउनु अनि यति नै बेला  नेपालि राष्ट्रियताका बिषयमा टाईम म्यागाजिन संग अमेरिकी राष्ट्रपतिले  "  नेपाल "  भरातिय भूभाग हो भन्ने बुझाई सार्बजनिक हुनुलाइ कसरी बुझ्ने ? अमेरिकी रास्ट्रपतिको यस भनाईले कतातिर ईकिंत गर्न खोज्दैछ ?  सामरिक हिसाबले अति संवेदनसिल रहेको हाम्रो भूगोल भोली कसैको क्रिडास्थल बन्न खोज्दैछ र बनाउनका लागि दुईतिहाईको  हुँकार गर्ने हुँडारहरू नै लागेका छन् भन्ने सबुत प्रमाण हो यो बक्तबबाजी ??? 
 
यसका लागि सच्चा देशभक्त लोकतन्त्रबादी एकजुट भई अगाडी बढ्नुको अब बिकल्प रहेन 
 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार