३१ कराेड भ्रष्टाचार गर्ने पूर्वमन्त्री यिनै हुन्

३१ कराेड भ्रष्टाचार गर्ने पूर्वमन्त्री यिनै हुन्

माघ २२, २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री वद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

समाज कल्याण परिषदले प्रचलित मापदण्ड र प्रकृया विपरीत भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा ३१ करोड ५२ लाख १७ हजार ६७५ रुपैयाँ २० पैसा हानी भएको अख्तियारको ठहर छ ।

अख्तियारको विज्ञप्तिअनुसार तत्कालिन मन्त्री न्यौपानेसँग ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपैयाँ २० पैसा बिगो दाबी गरिएको छ । प्रमोद मेहता, कुञ्ज बिहारी प्रसाद चौधरी, रविन्द्र कुमार यादव, मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपाने, टेक बहादुर गुरुङ, रबिन्द्र गुरुङ र रत्न गाहामगर प्रत्येकसँग पनि ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपैयाँ २० पैसा बिगो माग गरिएको छ । 

तत्कालिन महिला, बालवालिका तथा समाज कल्याणमन्त्री एवं समाज कल्याण परिषद्का तत्कालिन अध्यक्ष बद्रीप्रसाद न्यौपाने, उपाध्यक्ष प्रमोद मेहता लगायतको उपस्थितिमा २० भदौ २०६९ रविन्द्र गुरुङलाई मासिक ५ लाख ५५ हजारमा १५ वर्षको लागी फनपार्क मेला सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

अख्तियारका अनुसार इच्छुमति तरकारी बजारलाई प्रतिरोपनी ७८ हजार ५७१ रुपैयाँ ४२ पैसामा भाडामा दिएको छ । तर, फनपार्कको जग्गालाई वदनियतपूर्वक प्रतिरोपनी ९ हजार २५० रुपैयाँमा भाडामा दिएको पाइएको छ । यसले समाज कल्याण परिषद्लाई ३१ करोड ५२ लाख १७ हजार ६७५ रुपैयाँ २० पैसा हानी नोक्सानी भएको अख्यिारको दाबी छ ।

No comment yet. Be the first one to comment.

लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग