राष्ट्रपती ट्रम्पले आज राती राष्ट्रका नाममा सम्बोधन गर्दै

राष्ट्रपती ट्रम्पले आज राती राष्ट्रका नाममा सम्बोधन गर्दै
फाइल तस्बिर । तस्बिर साभार गेटी इमेज ।
 
न्यूयोर्क  ।    
 
राष्ट्रपती डोनाल्ड   ट्रम्पले आज मंगलवार राती राष्ट्रका नाममा सम्बोधन गर्ने जनाइएके छ  ।  हरेक बर्ष अमेरिकि राष्ट्रपतीले कंग्रेसलाई आफ्नो कार्यप्रगती विवरण र भावी योजना बारे सूचीत गर्नुपर्ने  संबैधानिक व्यवस्था अनुरुप राष्ट्रपती  ट्रम्पले आज राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।  राष्ट्रपतीले हरेक बर्ष राष्ट्रका नाममा  गर्ने सम्बोधनमा देशको बर्तमान  अवस्था मुलुकमा देखिएका प्रमुख समस्याहरु र वार्षिक योजनाहरुको बारेमा बताउने प्रचनल रही आएको छ ।  जनवरी महिनामा गर्नुपर्ने उक्त सम्बोधन ३५ दिन लामो तत्कालिन सरकारी खर्चबन्दीका कारण आज फेबु्रअरी  ५ तारिक मंगलवार पुर्वीय समय अनुसार  बेलुका ९ बजे लाई तय भएको बताइएको छ  ।  
 
राष्ट्रपती ट्रम्पले आज राती गर्ने सम्बोधनमा अध्यागमन, एबोर्सन, अफगानिस्तामा युद्धरत अमेरिकी सेना, दक्षिणी सिमानामा पर्खाल लगायतका थुप्रै बिषयमा बोल्ने व्हाईट हाऊसले जनाएको छ ।  राष्ट्रपती ट्रम्पले आज गर्ने सम्बोधनमा सन् २०३० सम्ममा एच् आई भि रोगको रोकथामका लागि योजना अगाडि ल्याउने अनुमान गरिएको छ ।  गत मिडटर्म  निर्वाचनमा डेमोक्राटिक पार्टीको बिजय पछीको राष्ट्रपतीको यो सम्बोधन निकै नरम रहने अपेक्षा गरिएको छ । राष्ट्रपतीको उक्त्त सम्बोधन प्रमुख राष्ट्रिय टेलिभिजनहरुले प्रत्यक्ष प्रसारण गर्ने छन् ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग