पासवर्डसहित संस्थापकको मृत्यु भए पछी १५ अरब रुपैयाँको क्रिप्टोकरेन्सी गायब

पासवर्डसहित संस्थापकको मृत्यु भए पछी १५ अरब रुपैयाँको क्रिप्टोकरेन्सी गायब
 
टोरोन्टो । 
क्यानडाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीका संस्थापकको अचानक मृत्यु भएपछि अरबौं रुपैया बराबरको डिजिटल मद्रा हराउने खतरा भएको छ ।
क्वाडरिगा नामक सो भर्चुअल अर्थात भौतिक अस्तित्व बिहिन डिजिटल मुद्रा लेनदेन गर्ने सदस्यहरूको लगानी सुरक्षित गर्न अदालतमा मुद्दा दायर भएको छ । लगभग १५ अर्ब ७५ करोड नेपाली रुपैया बराबरको क्रिप्टोकरेन्सी मुद्रा हराइरहेको छ ।
संस्थापक गेराल्ड कोटेनको गएको डिसेम्बरमा मृत्युभए यता ती क्रिप्टोकरेन्सी मुद्रा कहा“ छन् भन्ने पत्ता लगाउन सकिएको छैन ।
तीस वर्षीय कोटेन एक्लैले क्वाडरिगाको कोष र मुद्राको व्यवस्थापन जिम्मेवारी लिएका थिए ।
 
जनवरी ३१ मा क्यानडाको नोभा स्कटिया सर्वोच्च अदालतमा पेश गरिएको कागजातमा कोटेनकी विधवा जेनिफर रोबर्टसनले आफ्नो पतिले क्वाडरिगासम्बन्धी कार्य गर्ने कम्प्युटर इन्क्रिप्ट गरिएको र आफुलाई त्यसको पासवर्ड थाहा नभएको बताएकी छिन् ।
“पटक पटकको प्रयासपछि पनि मैले कतै पनि उनले केही लेखेको कुरा पत्ता लगाउन सकेकी छैन,“ उनले बयानमा लेखेकी छिन् ।
क्वाडरिगा कम्पनीले एक जना अनुसन्धानकर्मीलाई सूचना खोज्न लगाएपनि उनले कोटेनको फोन र कम्प्युटरको सहारामा थोरै मुद्रामात्रै खोज्न सकेको बताइएको छ ।
कम्पनीका अनुसार एक लाख १५ हजार मानिसहरूको क्वाडरिगामा खाता छ ।
एक अनुमान गरिए अनुसार कम्पनीले २१ अर्ब ८३ करोड बराबर नेपाली रुपैया ऋण तिर्नु छ जसमध्ये छ अर्ब १३ करोड नगद ऋण छ ।
अदालतमा पेश गरिएको कागजातका अनुसार क्वाडरिगाले चोरीबाट बच्न धेरै जसो मुद्रा इन्टरनेटमा राखेको थिएन्।
कोटेनको भारत भ्रमणको क्रममा मृत्यु भएको थियो ।
 
के हो क्रिप्टोकरेन्सी
क्रिप्टोकरेन्सी भनेको डिजिटल वा भर्चुअल अर्थात कुनै भौतिक अस्तित्व नभएका मुद्रा हो।
क्रिप्टोकरेन्सीको केन्द्रीय ब्याङ्क हुँदैन र संसारभरका थुप्रै कम्प्युटरहरूमा राखिएको रेकर्डको आधारमा यो सञ्चालन हुन्छ । यसबाट सरसमान किन्न वा भुक्तानी गर्न सकिन्छ।
संसारभर क्रिप्टोकरेन्सीको प्रचलन र भाउ बढ्दै गएका कारण मानिसहरूले सुन या भौतिक मुद्रा बेचेर यसमा लगानी गर्ने चलन बढेको छ ।
स्रोेतःबि बि सि नेपाली
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार