चुरोट बिस्फोटनले मृत्‍यु

चुरोट बिस्फोटनले मृत्‍यु
 
डलास । 
पछिल्लो समय विश्व भर लोकप्रिय बन्दै गएको बिद्युतीय चुरोट बिस्फोट हुंदा अमेरिकाको टेक्सस राज्यमा एक जनाको मृत्‍यु भएको छ ।  गत जनबरी २७ मा टेक्सस स्थित एक सुर्ती जन्य पसलको पार्किङ क्षेत्रमा गाडी पार्कगरी एक व्यक्तिले आफुले पिउदै  गरेको विद्युतीय चुरोट बिस्फोट हुदा विलियम ब्राउन नामका ती ब्यती गम्भिर घाइते भएका थिए र उनको उपचारको क्रममा मृत्यु जनवरी २९ मा मृत्‍यु भएको टेरेन्ट काउन्टीका मेडिकल एक्जामिनरले पुस्टि गर्दै संचार माध्यमलाई बताएका  छन्  ।  चुरोट बिस्फोटन हुंदा उछुट्टिएको टुक्राले उनको मस्तिस्क र बिस्फोटनको आवाजले मुटुको धमनीमा असर पर्न गई ब्राउनको मृत्‍यु    भएको उनको मृत्‍युको प्रमाणपत्रमा अस्पतालले उल्लेख गरेको  छ ।  
विद्युतीय चुरोटमा कम मात्रामा निकोटिन भएको झोल राखिएको हुन्छ र उक्त झोललाई चुरोटमा राखिएको ब्याट्रिले तताएर चुरोट पिउदा धुंवा निकाल्ने गर्दछ । 
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार अमेरिकामा हरेक दश युवा युवती मध्ये १ जनाले बिद्युतीय  चुरोट पिउने गर्दछन् भने सन् २००९ देखी २०१६ भित्र अमेरिकामा १९५ वटा बिद्युतीय चुरोट बिस्फोटका घटना घटी सकेका छन् । (एजेन्सीको सहयोगमा)
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग