क्राईम भिक्टिमहरुलाई ‘यू’ भिसाको व्यवस्था छ भन्ने सुनें । के यो सत्य हो ?

क्राईम भिक्टिमहरुलाई  ‘यू’ भिसाको व्यवस्था छ भन्ने सुनें । के यो सत्य हो ?
रमेश श्रेष्ठ
कानुन ब्यबसायी ,न्युयोर्क 
 
म टेक्ससमा बस्छु । मलाई स्टोरमा काम गरिरहेको बेला केही व्यक्तिहरुले आई लुट्न खोज्दा मैले प्रतिरोध गरें । प्रतिरोधका क्रममा उनीहरुले मलाई कुटपिट गरे । मेरो शरीरमा विभिन्न चोटपटकका साथै मेरो दाहिने हात फ्र्याक्चर हुन पुग्यो । अहिले त्यो घटनाको पुलिस केस चलिरहेको छ । लोकल अस्पतालमा उपचार गरिरहेको छु । म स्टुडेन्ट भिसामा छु, तर स्कूललाई निरन्तरता दिने अवस्था छैन । क्राईम भिक्टिमहरुलाई  ‘यू’ भिसाको व्यवस्था छ भन्ने सुनें । के यो सत्य हो ? के मैले यो प्रोसेस गर्न सक्छु होला ?
– किसन कापर, टेक्सस
 
युएस कंग्रेसले सन् २००० मा ‘द भिक्टिम्स अफ ट्राफिकिङ एण्ड भायोलेन्स प्रिभेन्सन एक्ट अफ २०००’ पास गरेको थियो । यस कानूनले विभिन्न भिक्टिमहरु मध्ये भायालेन्ट क्राइम भिक्टिमहरुलाई , जसले संगीन शारीरिक र मानसिक यातना भोगेको छ र उनीहरु ल एन्फोर्समेन्ट वा अन्य सरकारी निकायहरुलाई त्यस अपराधको अनुसन्धान र कारबाहीमा सहयोग पु¥याएको वा पु¥याउनमा तत्पर छ भने, युएससीआईएसले ‘यू’ भिसा प्रदान गर्नेछ । यू भिसा ४ वर्षका लागि हुनेछ र त्यसपश्चात् ग्रीनकार्डका लागि निवेदन गर्न सक्षम हुनेछन् । तपाईंको केसको हकमा तपाईंले आफू सो क्राइमको भिक्टिम भएको र सिभर फिजिकल एण्ड मेन्टल इन्जुरी भएको प्रमाणित गर्नुका साथै ल एन्फोर्समेन्ट एजेन्सीबाट तपाईंले सो अपराधको अनुसन्धान र कारबाहीमा सहयोग पु¥याएको, वा सहयोग पु¥याउन सक्ने स्थिति भएको भनी सर्टिफिकेसन प्राप्त गर्नुपर्नेछ । तपाईं क्राइम भिक्टिम भए पनि र सब्सट्यान्सियल इन्जुरी भोग्नुपरेको भए पनि यदि ल एन्फोर्समेन्ट वा सरकारी अधिकृतबाट सो यू भिसा सर्टिफिकेसन वा सिफारिस लिन सक्नुभएन भने यू भिसाको निवेदन एप्रुभ हुन सक्ने छैन ।
यू भिसाको मुख्य उद्देश्य क्राइम भिक्टिमहरुलाई मद्दत गर्नुका साथै ल एन्फोर्समेन्ट एजेन्सीहरुलाई अपराधको अनुसन्धान र कारबाहीमा मद्दत पु¥याउनुभएकोले तपाईं लिगल वा इलिगल जे जस्तो स्टाटस भए पनि त्यसको यू भिसा एप्लिकेसनमा कुनै असर पर्ने छैन ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार