गाेलीसहित पक्राउ परेका प्रकाण्डका छाेरा पक्राउ पर्दा शैक्षिक हड्ताल

गाेलीसहित पक्राउ परेका प्रकाण्डका छाेरा पक्राउ पर्दा शैक्षिक हड्ताल

२४ माघ २०७५ ।

झरीले अस्तव्यस्त बनाएको काठमाडौंमा हतार–हतार आफ्ना नानी–बाबुहरुलाई स्कुल पु¥याउन लागेका अभिभावकहरु मध्ये अधिकांस स्कुल बन्द भएकोले फर्केका छन् ।

कतिपयले अन्यौलको बिचमा प्रशासनमा फोन मार्फत् सम्पर्क गरि बुझ्दा विद्यालय बन्द रहेको जानकारी पाइ घरमै बसेको बताएका छन् ।

धेरैजना यसरी अन्यौलका बिचमा विद्यालय बन्द भएको थाहा पाएपनि के कारणले बन्द भएको भन्ने विषयमा भने अझै अनविज्ञ नै रहेको पाइएको छ ।

यसरी अकस्मात विद्यालय बन्द हुने मुल कारण चाहिं नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको केपाल कम्युनिष्ट पार्टीका नेता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डका छोरा नरेन्द्र विश्वकर्मालाई प्रहरीले पक्राउ गर्नु रहेको पार्टीले जानकारी दिएको छ ।

प्रकाण्ड पुत्र नरेन्द्र यसअघि विराटनगरबाट काठमाडौं आउँदा चिनियाँ पेस्तोलको गोली  सहित पक्राउ परेका थिए । सुरक्षा जाँचको क्रममा ३ राउन्ड गोली सहित पक्राउ परेका नरेन्द्रलाई राजनैतिक आवरणमा छुटाउन सरकारलाई दबाव दिने उद्देश्यले पार्टीले बन्द गरेको बुझिएको छ ।

विद्यालय बन्द गर्न खासै मेहनत नगर्नुपर्ने भएकोले पनि राष्ट्रिय राजनीतिमा पहुँच नभएको यस पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु (क्रातिकारी)ले शैक्षिक हड्ताल गरेको थाहा भएको छ । नरेन्द्र उक्त संगठनको कोषाध्यक्ष पनि हुन् ।

वार्षिक परिक्षा नजिकिंदै जाँदा यसरी विद्यालय बन्द हुँदा पठनपाठनमा असर परेको भन्दै अभिभावकहरुले भने चिन्ता व्यक्त गरेका छन् ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार