फेब्रुअरी ४ सोमबार देखि फेब्रुअरी १० आईतबारसम्म

फेब्रुअरी ४ सोमबार देखि फेब्रुअरी १० आईतबारसम्म
गुरु मित्र शर्मा ,न्युयोर्क
 
 
 
मेष
यो हप्ता तपाई व्यक्तिगत सम्बन्धमा भन्दा व्यवसायिक क्षेत्रमा बढी ध्यान दिनुहुनेछ।साथै तपाइले केहि चुनौतीहरुको सामना पनि गर्नु पर्न सक्ने देखिन्छ।प्रेमी प्रेमिका बीच राम्रो सम्बन्ध रहनेछ।ढिलाई भएपनि आटेको काम पुरा हुनेछ भने आर्थिक लाभको पनि योग रहेको छ।पारिवारिक कार्यमा खर्च आइपर्नेछ।सवारी साधन चलाउदा अथवा हिडडुल गर्दा सावधानी अपनाउनु होला।
 
वृष
यो हप्ता नया नया कार्य तथा योजना बनाउनको लागि उत्तम रहेको छ।साताको सुरुमा आर्थिक लाभ खासै देखिदैन तर साताको अन्त्य सम्म स्थितीमा केहि सुधार आउनेछ।साताको अन्त्य सम्म लामो समयदेखि फसेको धन उठ्ने योग रहेको छ।व्यवसायिक यात्रा आइ पर्ला तरअलि ध्यान दिनुहोला दुर्घटना अथवा चोरि हुन सक्ने देखिन्छ।साथी भाई भेटघाटमा खर्च आइपर्ला।
 
मिथुन
यो हप्ता तपाइको लागि राम्रै रहनेछ ।स्वास्थ्य सामान्य नै रहनेछ।आफ्नो आत्मविश्वासले कार्य क्षेत्रमा सबैको मन जित्न सफल रहनु हुनेछ।सम्पति सम्बन्धि मुद्धा                            
मामिलामा तपाइको जित हुनेछ।पुराना साथी भाईहरुसंगको भेटघाटमा मन रमाउला।परिवार,साथी भाई तथा पार्टनरसंग सम्बन्ध राम्रो रहनेछ र उनीहरुबाट भरपुर सहयोग पनि मिल्नेछ।छोरा छोरीहरुको पढाई लेखाइमा खर्च आइपर्ला।
 
कर्कट
यो साता तपाई शारीरिक तथा मानसिक पूर्ण रुपले स्वास्थ्य रहनु हुनेछ।व्यक्तिगत तथा व्यावसाय सम्बन्धि महत्व पुर्ण निर्णय लिनु पर्ने हुन्छ ।जीवन साथी बिचको सम्बन्ध राम्रो रहनेछ।नगरेको गल्तिको दोष आउन सक्छ त्यसैले कुनै पनि कार्य गर्नु अगाडी सावधानी अपनाउनु होला।नोकरी तथा पेशा परिवर्तन गर्न चाहनु भएको छ भने यो समय राम्रो देखिन्छ।धर्मकर्ममा रुचि बढ्नेछ।
 
सिंह
यो साता परिवारसंगको सम्बन्ध राम्रो रहनेछ।तपाइको कुनै ठुलो काम पुरा हुने देखिन्छ।सरकारी कार्यमा सफलता मिल्नेछ।अनावश्यक कार्यमा खर्च तथा विवाद आइपर्ला त्यसैले धर्यताको साथ काम गर्नुहोला।आर्थिक लाभ हुनेछ तर स्वास्थ्यमा गडबडी आइपर्ला।साताको अन्त्यतिर लामो समयदेखि फसेको धन फिर्ता आउन सक्छ।मेहेनत अनुसारको फल नमिल्दा मनमा खिन्नता आउला।
 
कन्या
ब्यापार व्यवसायमा यो हप्ता तपाइलाई सफलता मिल्नेछ र आर्थिक लाभ पनि हुनेछ ।घुम घाम तथा मोज मस्तीमा ध्यान जाला ।विद्यार्थीहरु भने यो साता थोरै चिन्तित रहने छन।नया वाहन किनमेल गर्ने सोच्नु भएकोछ भने यो समय राम्रो देखिन्छ।धर्म कर्म तथा सामाजिक सेवामा मन रमाउने छ र धार्मिक यात्राको समेत योग रहेको छ ।सामाजिक मान प्रतिष्ठा पाइनेछ ।पुराना साथी भाईहरुसंगको भेटघाट मा मन रमाउनेछ ।
तुला
साताको  सुरुवातमा पारिवारिक कार्यमा खर्च आइपर्ला तर साताको मध्ये देखि भने आयमा पनि वृद्धि हुनेछ।आर्थिक वृद्धिको लागि भने तपाइले कडा मेहेनत गर्नु पर्ने छ र मेहेनत अनुसारको फल पनि पाउनु हुनेछ ।नोकरी गर्ने हरुका लागि साताको अन्त्यमा समय लाभदायी रहनेछ।बिद्यार्थीहरुको पढाईमा रुचि कम हुनेछ।स्वास्थ्यमा ध्यान दिनु होला रअनावश्यक विवादबाट बच्नको लागि आफ्नो रिशमा नियन्त्रण राख्नुहोला।
 
बृश्चिक
यो साता आर्थिक उन्नतिको लागि समय अनुकुल रहनेछ तर खर्च पनि वृद्धि हुनेछ ।धन सम्पति वृद्धि को लागि 
 गलत कार्यमा मन भड्किन सक्ने हुनाले धर्यताका साथ ध्यान पुर्बक कार्य गर्नु होला  ।यो साता तपाइको यात्राको पनि योग रहेको छ र यात्रा सफल रहनेछ ।साताको मध्ये तिर स्वास्थ्यमा केहि समस्या पर्न सक्ला ध्यान दिनुहोला ।पारिवारी सम्बन्ध ठिकै रहनेछ ।
 
धनु
यो साताको सुरुवात तपाइको लागि राम्रो रहनेछ।अधुरा कामहरु बन्ने छन।सामाजिक मान प्रतिष्ठा बढ्नेछ।आर्थिक वृद्धि हुनेछ।चिताएका कामहरु बन्नेछन भने मेहेनत अनुसारको फल पनि प्राप्त हुनेछ।पारिवारिक वाद विवाद पर्न सक्ने हुनाले बोल्दा 
 विचार पुर्याउनु होला र सकेसम्म चुप लागेर बसेकै फाइदा होला।बिद्यार्थीहरुले यो हप्ता 
 कडा परिश्रम गर्नु पर्ने देखिन्छ र परिश्रम अनुसारको फल पनि प्राप्त हुनेछ।स्वास्थ्यमा केहि समस्या आउन सक्ला।
 
मकर
यो साता तपाइको लागि राम्रो रहनेछ ।मोज मस्ती तथारमाइलो मा मन जाला ।स्वास्थ्य पनि सामान्य नै रहनेछ ।व्यापार व्यवसायमा उन्नति हुनेछ भने आर्थिक वृद्धिको योग रहेको छ ।परिवार, छिमेकी, साथी भाई सबैसंग सम्बन्ध राम्रो रहनेछ ।धर्मकर्ममा मन जानेछ ।जग्गा जमीन तथा नया वाहन किनमेल गर्नुहुने छ ।दाम्पत्य जीवनमा केहि समस्या आइपर्ला ।
 
कुम्भ
साताको सुरुवातमा नोकरी गर्नेहरुको लागि समय त्यति अनुकुल देखिदैन 
त्यसैले सतर्क रहनु होला।व्यापार व्यवसायमा वृद्धि हुनेछ।आर्थिक उन्नति हुनेछ।धर्म कर्ममा  मन जाने छ तथा धार्मिक यात्राको पनि योग रहेको छ।प्रेमि प्रेमिका बिचको सम्बन्ध सुमधुरर हनेछ तर दाम्पत्य जीवनमा भने केहि समस्या आइपर्ला।ब्यापार साझेदारीमा पनि अलि सावधानी अपनाउनु होला।
 
मीन
यो साताको सुरुवात तपाइको लागि राम्रो रहनेछ ।कुनै नया कामको सुरुवातले मन हर्षित रहनेछ। रमाइलो यात्राको पनि योग रहेको छ ।कार्य क्षेत्रमा तथा समाजमा मान सम्मान तथा प्रतिष्ठा पाइनेछ ।आकस्मिक धनलाभ हुनेछ तर खर्चमा नियन्त्रण गर्नुहोला ।बैदेशिक यात्रा गर्न प्रयास गर्नु भएको छ भने सफलता मिल्नेछ ।पारिवारिक सम्बन्धमा भने केहि समस्या आइपर्ला
No comment yet. Be the first one to comment.

लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग