डलास स्थित एक होटेलको बरन्डाबाट खस्दा एकको मृत्यु

डलास स्थित एक होटेलको बरन्डाबाट खस्दा एकको   मृत्यु
तस्बिर साभारः डलास न्यूज
 
डलास । 
टेक्सस डलास स्थित एक होटेलको १८ औ तलाबाट खस्दा एक जनाको ज्यान गएको छ । पारिचय नखुलाईएको ति ब्यक्तीको बिहीवार बिहान  कारीब १ बजे डलास डाऊन टाऊन स्थित हयात् रिजेन्सी होटेलको १८ औ तलाबाट खसेर मृत्यु  भएको  अधिकारिहरुले जनाएका छन्  । उनी सोही होटलको लबीमा खसेका थिए ।   २६ बर्षिया ती  ब्यक्तिको मृत्यु दुर्घटना हो या आत्महत्या हो खुलेको छैन ।  स्थानीय  संचार माध्यम   डलास न्युजका अनुसार होटेलको बरन्डाबाट देखिने सुन्दर दृश्यलाई कैद गर्दै होटेलमा बस्न आउने ग्राहकले फोटो खिच्न्ने गरेको र होटेल प्रशासनले पटक पटक  त्यसरी बिभिन्न पोजमा फोटो नखिच्न  आग्रह गर्ने गरेको समाचारमा उल्लेख गरिएको छ ।  
डलास न्युजका अनुसार सन् २०१३ को मे महिनामा पनि ३७ बर्षिय मिजौरी राज्यका एक ब्यक्तीले  सोही होटेलको लबीमा हाम्फालेर आत्महत्या  गरेका थिए भने एक बर्ष अगाडि मात्र १८ बर्षिय एक युवक १८ औ तला बाट फाल हालेर आत्महत्या गरेका थिए ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग