न्यूयोर्कमा हेडक्वाटर राख्ने बारे एमाजोनले पुनर्बिचार गर्ने

न्यूयोर्कमा हेडक्वाटर राख्ने बारे एमाजोनले पुनर्बिचार गर्ने
 
विश्व न्यूज संवाददाता
न्यूयोर्क । 
 
विश्वमा अनलाइनल व्यापारका लागि ख्याती कमाएको एमाजोनले निकट भबिष्यमा सुरु गर्ने भनिएको न्युयोर्क स्थित नयाँ  हेड क्वाटरका सम्बन्धमा पुनर्विचार गर्ने भएको छ । न्युयोर्क स्टेट गभर्नर एन्ड्रु कुमो र न्यूयोर्क सिटीका मेयर बिल डि ब्लाजियोले संयुक्त रुपमा गत नोभेम्बरमा एमाजोनको नयाँ  केन्द्रीय कार्यालय न्युयोर्क कुईन्स स्थित लङ आईजल्यान्ड सिटिमा आउने निस्चित भएको घोषणा गरेका थिए। न्युयोर्कस्थित केहि स्थानिय राजनितिकर्मी  एड्भोकेसी समुहको चर्को बिरोधका कारण एमाजोनले प्रोजेक्टका बारेमा पुर्नविचार गर्ने भएको वासिङ्टन पोस्टले जनाएको छ। वासिङ्टन पोस्टले लेखेको छ कम्पनीले भर्खरै केही महत्वपूर्ण कार्यकारी बिच न्युयोर्क कार्यालयको बिषयमा छलफल गरेर विकल्प  हेर्ने निर्णयमा पुगेको हो ।  
एमाजोनले भर्जिनिया र न्यूयोर्कमा २ वटा कार्यालय सुरु गर्ने घोषणा एक्कै पटक गरेको थियो । एमेजोनलाई व्यवसाय सुरु गर्नको लागि केही सहुलियत र सुबिधा दिने निर्णय गर्दै गत जनवरीमा भर्जिनियामा सदनको बहुमत  सदस्यले निर्णय गरी सकेका छन् ।  भर्जिनियामा अहिले एमाजोनलाई कार्यालय सुरु गर्न बाटो खुली सकेको छ तर न्यूयोर्कमा एमाजोन बिरुद्ध प्रदर्शन हुंदैं आएको छ। न्युयोर्क स्थित २५ हजार देखी ४० हजार प्राबिधिकलाई रोजगारी दिने भनिएको एमेजोनको बिरुद्ध कंग्रेस वोमेन अलेक्जेन्ड्रिया ओकासिया कोर्टेजको नेतृत्वमा प्रदर्शन  हुंदैं आएको छ । विश्वकै धनी अर्बपती जेफ्री बिजोसको स्वामित्वको एमेजोन न्युयोर्कको कुईन्समा आउदा घर तथा कोठा भाडाको मुल्य बढ्ने र लामो समयदेखी कुईन्समा बसोबास  गर्दै आएका काम गरी खाने बर्गहरु कुईन्सबाट भाग्नु पर्ने भन्दै उनीहरुले बिरोध जनाउदै आएका छन । एमेजोनले हालसम्म न्युयोर्कमा कार्यालय प्रायोजनको लागि भवन घर जग्गा केही खरिद गरेको छैन र भाडामा पनि लिएको छैन ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग