शनिवार लायन्सको मुटु रोग सम्बन्धी शिविर

शनिवार लायन्सको मुटु रोग सम्बन्धी शिविर
विश्व न्यूज संवाददाता
डलास । 
 
डलास एभरेष्ट लायन्स क्लबको नियमित स्वास्थ्य शिविर अन्तर्गत फेबु्रअरी ९, शनिवार मुटुरोग सम्बन्धी विशेषज्ञ सेवा सहीत शिविर संचालन हुने भएको छ । हरेक पटक एउटा विशेष रोगलाई प्राथमिकता दिएर क्लबले गर्दै आएको शिविरमा यस पटक मुटु तथा हृदय विज्ञानलाई प्राथमिकता दिइएको छ । 
अर्विङमा रहेको नेपाली मन्दिर परिसरमा हुने शिविरमा डा. प्रसाद मड्डुकुरी र रजिष्टर्ड नर्स डा. विष्णु माया उपाध्यायको टोलीले सेवा उपलब्ध गराउने बताइएको छ ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार