बुटवलमा अनटिएफ अवार्ड हुने

बुटवलमा अनटिएफ अवार्ड हुने
विश्व न्यूज संवाददाता
बुटवल । 
नेपालको तेक्वान्दोको खेलको विकास तथा प्रवद्र्दनमा सहयोगी भूमिका खेल्दैं आएको  युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेशन (अनटिएफ)ले अनटिएफ अवार्ड वितरण गर्ने भएको छ ।  अनटिएफमा विभिन्न देशमा वस्दैं आएका तेक्वान्दो खेलसग जोडिएका पूर्व प्रशिक्षक, खेलाडी तथा वर्तमान प्रशिक्ष्ँक र खेलाडी एवं खेल प्रेमीहरुको सहभागिता रहेको छ ।  
अनटिएफ केन्द्रीय समितिको आयोजना तथा नेपाल च्याप्टरको व्यवस्थापन, आइओइएफटिसी तथा विभिन्न देशमा रहेका च्याप्टरको सहयोगमा फेब्रुअरी १५ मा बुटवलमा अनटिएफ अवार्ड गर्न लागिएको महासचिव लभ गोर्खालीले जनाए । 
अवार्ड समारोहलाई सफल बनाउन उपाध्यक्ष जगनलाल श्रेष्ठले (विपिन) हाल नेपालमा रहेर व्यवस्थापकीय भूमिका खेल्दैं आएका छन् । श्रेष्ठका अनुसार समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव वहादुर विष्टको प्रमुख आतिथ्यता रहने  छ ।  अवार्ड कार्यक्रममा तेक्वान्दोको पुम्से विधामा एक एक पुरुष र महिला तथा स्पाइरिङ विधा तर्फ एक एक पुरुष र महिलालाई उत्कृष्ट खेलाडी पुरस्कार दिनुका साथैं १ जना उत्कृष्ट प्रशिक्षक अवार्ड प्रदान गरिने बतँइएको छ । सो अवसरमा पूर्वाधार तथा सुविधाको अभावमा समेत तेक्वान्दो खेलाडी उत्पादनका लागि विकट क्षेत्रमा संचालन भैरहेको एक डोजाङलाई पनि सम्मान गरिने बताइएको छ । त्यस्तैं तेक्वान्दो खेलको विकासमा सहयोग गर्ने अन्य व्यक्तित्वहरुलाई समेत  सो अवसरमा सम्मान गरिनेछ । 
अनटिएफमा हाल पूर्व प्रमुख प्रशिक्षक सन्तोष प्रधानको अध्यक्षतामा केन्द्रीय समिति रहेको छ । 
No comment yet. Be the first one to comment.

लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग