क्यान्सर पिडित बालिकालाई प्रहरीको सपथ गराईयो

क्यान्सर पिडित बालिकालाई प्रहरीको सपथ गराईयो
टेक्सास 
 
टेक्सास स्थित ६ बर्षिया एबिगेल एरियासलाई ठुलो भएपछि प्रहरी अधिकृत बन्ने इच्छा थियो। उनको इच्छा बमोजिम गत ७ तारिक बिहिबार टेक्सासको फ्रिपोर्टमा ६ बर्षिया एबिगेललाई एक कार्यक्रमका बीच मानार्थ प्रहरी अधिकृतको सफत गराईयो र  उनको प्रहरी अधिकृत बन्ने इच्छा ६ वर्षकै उमेरमा पुरा गरियो । ६ बर्षिया एबिगेल एरियास यतिखेर विल्म्स ट्युमर नामक एक प्रकारको मृगौला सम्बन्धि क्यान्सर रोगबाट पिडित छिन् ।   
टेक्सास स्थित फ्रीपोर्ट प्रहरी प्रमुखका अनुसार क्यान्सर पिडित एबिगेललाई यतिखेर केमो थेरापी र रेडियसन दुवैले काम गर्न छोडेको छ। उपचारले काम गर्न छाडेपछि ती बालिकाको परिवार यतिबेला एबिगेलको जीवन अब भगवानको हातबाट मात्र चमत्कार हुने आशामा बसेको छ ।
फ़्रिपोर्ट प्रहरी प्रमुख रेमोण्ड गारिभेले गत डिसेम्बरमा क्रिसमसको एक कार्यक्रममा आफ्नो अभिभावकसँग सहभागी भएकी एबिगेललाई पहिलो पटक भेटेका थिए । प्रहरी प्रमुखसँगको भेटमा ६ बर्षिया एबिगेलले क्यान्सर रोग प्रति लक्षित गर्दै  " आफु भित्रको खराब मान्छेसंग लड्नको लागि प्रहरी अधिकृत बन्छु "  भनेर बताएकी थिइन् । त्यसपछि तत्कालै ति प्रहरी प्रमुखले एबिगेलको लागि प्रहरी युनिफर्म, गन बेल् , ड्युटी रिङ्ग अर्डर गरेका थिए ।
 
एबिगेलको ईच्छा पुरा गर्न गत बिहिबार बालिकाको परिवार र टेक्सास राज्यका प्रहरी अधिकृतको रोहबरमा उनलाई  मानार्थ प्रहरी अधिकृतको सपथ गराईएको हो ।कार्यक्रममा एबिगेललाई अंग्रेजीमा " आई प्रमिस टु किप फ़ाईटिङ्ग ब्याड गाइज " यानेकि म खराब मानिससंग लगातार लडिरहने प्रतिज्ञा गर्दछु भनेर सपथ  गराईएको थियो ।  
(एजेन्सीको सहयोगमा)
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार