फोक्सो फेरेकी प्राशाको निधन ,आज अन्त्यस्टि गरियो

फोक्सो फेरेकी प्राशाको निधन ,आज अन्त्यस्टि गरियो
न्युयोर्क
लामो समयदेखि फोक्सो सम्बन्धि समस्याबाट पिडित प्राशा तुलाधरको गत बिहिबार न्युयोर्कमा निधन भएको छ ।न्यूयोर्कमा बस्दै आएकी तुलाधरले  तीन वर्ष अघि फोक्सो प्रत्यारोपण गरेर पूर्नजीवन पाएकी  थिइन् ।फोक्सो  प्रत्यारोपणको तेश्रो वर्षको सुरुवात देखि पुन उनको फोक्सोमा संक्रमण हुन थालेको र उनको शरीरले प्रत्यारोपण गरेको फोक्सो लिन छोडे पछि  उनि पुन दुई महिना देखि मृत्यु संग पौठा जोरी खेल्दै थिईन। गत डिसेम्बरमा फोक्सोमा इन्फेक्सन भएर फोक्सो र मृगौलाले काम गर्न छोडेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। न्युयोर्क प्रेस्वेटेरियन अस्पतालको आईसीयुमा इक्मो, भेन्टिलेटर र डाइलाइसिस लगायत उपचार भइरहेको थियो। चिकित्सकहरुले पुन नयाँ फोक्सो फेर्न सकिने सल्लाह दिदै थिए । अनन्त मृत्युसंगको पौठा जोरी खेल्दा खेल्दै गत बिहिबार एका बिहानै  प्राशाले  न्युयोर्क स्थित प्रेस्बेटेरियन अस्पतालमा नै देह त्याग गरिन ।
आज फेब्रुअरी ९ तारिक शनिबार न्युयोर्क कुईन्स स्थित ग्राण्ड एभिन्युको म्यासपेथमा रहेको शब् गृहमा ठुलो संख्यामा उपस्थित आफन्त सुभचिन्तक र परिवारको अगाडि  प्राशाको भौतिक शरीरको अन्त्येष्टि गरियो । उनको दाहसंस्कारमा पुगेका आफन्त सुभचिन्तक र नेपाली समुदायले प्राशाको परिवार र उनकी ६ वर्षकी छोरी जोलेन प्रति सहानुभुति ब्यक्त गरेका थिए । 
सन् २०१६ मा फोक्सो प्रत्यारोपण पछि पनि उनी आफु जस्तै बिरामीहरुको उपचारकालागि अंगदान अभियानमा सक्रियरुपमा खटिरहेकि  थिइन्। उनका श्रीमान दिपकले उनलाई यस अभियानमा सहयोग गरेका थिए।अंगदान र छाला सम्बन्धि रोग स्क्येरेडोमाको बारेमा जनचेतना फैलाउने क्रममा प्राशा सन् २०१८ मा न्युयोर्क राज्यका सांसदहरुलाई भेट्न उनका पतिसहित वासिंगटन डि सी स्थित क्यापिटल हिल समेत पुगेकी थिइन् । 
उनको फोक्सो प्रत्यारोपणको क्रममा विश्व सन्देश साप्ताहिक पत्रिकाले अमेरिकाब्यापी सहयोग संकलन अभियान समेत  संचालन गरेको थियो । अमेरिका लगायत विभिन्न देशमा बसोबास गर्ने नेपालि समुदायले ३ बर्ष अगाडी विश्व संदेश साप्ताहिक पत्रिका मार्फत प्राशाको फोक्सो  प्रत्यारोपण प्रक्रियामा ठुलो सदभाब राखेर सहयोग गरेको थियो ।  
      
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार