मनोज पाण्डेको काल्पनिक प्रश्नले नेकपामा यसरी बल्झियो भनेजुएला काण्ड

मनोज पाण्डेको काल्पनिक प्रश्नले नेकपामा यसरी बल्झियो भनेजुएला काण्ड
 
माघ २८, २०७५
 
भनेजुएला काण्ड लगभग सेलाएको थियो । तर, फेरि भेनेजुएला काण्ड सतहमा आयो र नेपालको सबै भन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र निकै ठूलो तरङ्ग पैदा भयो ।  नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली डावोस बैठकमै भाग लिन भन्दै विदेश भ्रमणमा रहेका बेला प्रचण्डले भेनेजुएला प्रकरणमा अमेरिकाको आलोचना गर्दै एउटा वक्तव्य निकाले । ओली विदेशबाट फर्किएपछि सामान्य असन्तुष्टि ओलीले व्यक्त गरे । विज्ञप्ति निकाल्नु ठिक भए पनि विज्ञप्तिमा उल्लेख गरिएको भाषाको बारेमा नेकपा भित्रै सामान्य आरोप–प्रत्यारोप चल्यो । बाहिरबाट पनि नेकपाले आलोचना खेप्नु पर्यो । कतिपयले त त्यहि विज्ञप्तिलाई लिएर ‘बेला न कुबेला भेनेजुएला’ भनेर नेकपाको आलोचना पनि गरे ।
 
केही दिन चर्चा पाएको त्यो काण्ड करीब–करीब सेलाएको थियो । तर, २०७५ माघ २३ गते बुधबार नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘जनतासँग प्रधानमन्त्री’ को अठाइसौँ भागमा प्रस्तोता मनोज पाण्डेले कार्यक्रमको अन्तिम–अन्तिमतिर ‘मेरा जिज्ञासा अझै सकिएका छैनन्’ भन्दै भेनेजुएलासँग सम्वन्धित भएर प्रधानमन्त्री ओलीलाई प्रश्न गरे । निकै फूर्का झुण्ड्याएर प्रस्तोताले प्रधानमन्त्री ओलीलाई विदेश कुटनीतिमा सुधार गरेको, अमेरिकासँग पनि कुटनीतिक सम्वन्ध राम्रो रहेको भन्दै अन्तिममा भनेजुएला काण्डलाई छुस्स छिराई दिए ।  प्रस्तोताको प्रश्नपछि केही गम्भीर भएर प्रधानमन्त्री ओलीले भेनेजुएला काण्डमा प्रचण्डले निकालेको विज्ञप्तिमा अलिकति स्लीप भएको हो भनी प्रतिक्रिया मात्र दिएनन् । उनले आफू भोलिपल्ट आउँदै छु भन्ने थाहा हुँदाहुँदै कुनै कारण नै नभई प्रचण्डले विज्ञप्ति निकालेको भन्दै भाषाका बारेमा पनि असन्तुष्टि व्यक्त गरे र ओलीले भने– ‘त्यसले एक खालको तरङ्ग ल्यायो । तर, तरङ्ग ल्याउनु पर्ने कारण थिएन ।’
 
फेरि प्रस्तोता पाण्डेले प्रधानमन्त्रीज्यु मेरो यो एक दम काल्पनिक प्रश्न भन्दै भनेजुएला काण्डलाई नै गिजोल्दै –‘प्रधानमन्त्रीज्यु तपाईँ नेपालमै भएको भए यस्तो विज्ञप्ति आउँथ्यो होला ?’ उनको प्रश्नपछि ओलीले भने– ‘अहँ आउने थिएन ।’ मनोजले भेनेजुएला काण्ड गिजोलेपछि प्रचण्डले धम्कीपूर्ण भाषामा प्रचण्डले ‘अर्को माओवादी जमिन्छ’ भन्ने अभिव्यक्ति नै दिए । उनको त्यो अभिव्यक्तिपछि नेपाली राजनीतिमा फेरि नयाँ तरंग आयो ।  अध्यक्ष प्रचण्डले सार्वजनिक मञ्चमै ‘माओवादीलाई सिध्याइयो, जे गरेपछि हुन्छ भन्ने ठाने अर्को माओवादी जन्मन्छ’ भनेपछि कतिपयले त सत्तारुढ नेकपामा फुट आउन लागेको भनी टिप्पणी समेत गरे ।
 
त्यति मात्र होइन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले दुई अध्यक्षको झगडाको आगोमा ध्यू थप्ने काम गरे । अर्थात उनले सामाजिक सञ्जालबाटै प्रचण्डप्रति संकेत गर्दै ‘सुदृढ संगठनात्मक संरचनाका बलमा मात्र कम्युनिष्ट पार्टीले आफूलाई एउटा शक्तिका रूपमा स्थापित गर्न सक्छ । यो श्रृंखलाबद्ध कमिटी प्रणालीमा देखिनुपर्छ । कम्युनिष्टका नाममा भीड शक्ति हुन सक्तैन । विसर्जन्मुख भीड त झन् किमार्थ शक्ति हुनै–बन्नै सक्तैन ।’ उनले अझै तल लेखे– ‘कम्युनिष्ट पार्टीको नेतृत्व जनतामा परिचीत, स्थापित र स्विकृत पात्रहरू नै हुन् र हुनुपर्छ । तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैन–ल्याइनै हुँदैन । अझ , शनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पुर्याउनै हुन्न । त्यस्तो हुँदा दुर्भाग्य मात्र हुन्छ ।’
 
ईश्वर पोख्रेलको यस्तो प्रतिक्रियाले त झन पार्टीमा संकट नै पर्ने भयो भनी धेरैले लख काटे । तीन–चार दिनको मुलुकको चिसो मौसमसँगै तातेको नेकपाको तिक्ततार्पूण सम्बन्ध चिसो ओर्लिदैँ गएपछि तिक्ततापूर्ण सम्वन्ध पनि विस्तारै चिसो–चिसो बन्दै जान थालेको छ । आइतबार मात्रै पनि दुई अध्यक्ष ओली र प्रचण्डबीच छलफल भएको छ । उनीहरुले सम्बन्ध सुधारको प्रयास गरेको वुझिएको छ । बाँकी भने हेर्नै पर्ने हुन्छ ।  
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार