एनआरएनए अमेरिकाको सदस्य बन्ने समय नथपिने

एनआरएनए अमेरिकाको सदस्य बन्ने समय नथपिने
 
 
विश्व न्यूज संवाददाता
डलास । 
 
गैर आवासीय नेपाली संघ अमेरिकामा वर्ष २०१९/ २१ का लागि कार्यसमिति चयन गर्न मतदानको अधिकार सहीत सदस्य बन्न पाउने समय सिमा थप नगरिने भएको छ । आउदो फेब्रुअरी १५ भित्र मात्रैं सदस्यता लिने र नविकरण गर्ने सदस्यहरुले मात्रैं मतदानमा सहभागिता जनाउन पाउनेछन् । यसअघि देखिनैं फेब्रुअरी १५ लाई अन्तिम दिन तोकेर एनआरएनए अमेरिकाले सदस्यता बितरण गरिरहेको  छ । 
अघिल्ला बर्षहरुमा भन्दा भन्दा निकैं कम संख्यामा  एनआरएनए अमेरिकाको सदस्य बनेपछि समय सिमा थपिने  हो  कि भन्ने चर्चा भैरहदा शनिवार वसेको कार्यसमितिको कन्फ्रेन्स वैठकले फेबु्रअरी १५, आउदो शुक्रवार रातीको ११ वजेर ५९ भित्र सदस्य बन्ने समय सिमालाई यथावत गर्ने निर्णय गरेको हो । 
साथैं वैठकले सदस्य बन्न का लागि निवेदन दिएका तर सदस्यता शुल्क नवुझाएकालाई समय सिमा भित्र नै  शुल्क वुझाउन प्रक्रिया पुरा गर्न समेत आग्रह गरेको छ । यस्तैं आन्तरिक सदस्यता प्रमाणिकरण समिति तथा सुपरिवेक्ष्ँण समितिवाट काम प्रभावकारी भएको भन्दैं थर्ड पार्टी भेरिफिकेशनको आवश्यकता नदेखी दुई आन्तरिक समितिले गर्ने निर्णयलाई मान्यता दिने निर्णय गरेको वैठक पछि संचार संयोजक वाल जोशीद्धारा जारी विज्ञप्तीमा जनइएको छ । 
यस्तैं वैठकले आन्तरिक सदस्यता प्रमाणिकरण समितिले सदस्यहरुको परिचय खुल्ने सामाग्रीहरु प्रमाणित गरी निवार्चन समितिलाई हस्तान्तरण गरेपछि ती सामाग्रीलाई पूर्ण रुपमा डिलिट गर्ने निर्णय समेत गरेको छ । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार