अमेरिकाको एक बिद्यालयमा गाँजा भएको चकलेट खाँदा दर्जन विद्यार्थी बिरामी

न्युयोर्क
क्लिभल्यान्ड स्थित एक बिद्यालयमा अध्ययनरत दर्जन भन्दा धेरै विद्यार्थीहरु गाँजा भएको चकलेट ( गमिज वियर्स ) खाँदा अस्पातल भर्ना भएका छन् । यो घटना गत फेब्रुअरी ४ तारिक सोमबारको हो । केही विद्यार्थीहरुले पेट दुखेको गुनासो सुनाए पछी एण्टोन गार्डिना एलिमेण्ट्रि स्कुलको कक्षा भित्र एक शिक्षकका सहयोगीले चकलेटको प्याकेट देखे जस्मा लेखिएको थियो “क्यान्डी कन्टेन्ड ड्रग” याने कि चकलेटमा लागु पदार्थ छ । क्लिभल्यान्ड प्रहरीका अनुसार बिद्यालयले प्रहरी र ईमर्जेन्सी मेडिकल सर्भिसलाई तत्काल खबर गरेको थियो ।
प्रहरीले एन्टोन गार्डिना नामक उक्त प्राथमिक बिद्यालयको कोठासम्म गाँजा मिश्रित चकलेट पुगेको घटनाको आरोपमा सोही बिद्यालयमा अध्ययनरत एक विद्यार्थीकी आमा सारी ग्लाऊडलाई पक्राऊ गरेको छ । ति महिलाको ९ वर्षिय छोराले उक्त चकलेट लिएर बिद्यालयमा आएको र करिव १२ जना उनका साथीलाई चकलेट खुवाएको प्रहरीले रिपोर्ट्मा जनाएको छ । अन्य १५ जना ५ बर्षदेखि ९ बर्ष उमेर समुहका बच्चाहरुमा पनि जाँच गरिएको थियो । ती महिला माथि "चाइल्ड इन्डेन्जरमेन्ट" बालबच्चा माथिको खतरा शिर्षकको कानूनी अभियोग लगाइएको छ ।
गत बर्ष नोभेम्बरमा पनि फ्लोरिडा स्थित एक बिद्यालयका ५ विद्यार्थी गुमी बियर्स नामको गाँजा हालिएको चकलेट खाँदा बिरामी भएर अस्पताल भर्ना भएका थिए । अमेरिकाको कतिपय राज्यमा औषधी प्रयोजनको लागि गाँजालाई कानूनी मान्यता दिइएको छ
( एजेन्सीको सहयोगमा )
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
अन्तरवार्ता
-
पार्टीको त यो हालत छ भने त्यही पार्टीको सरकारको हालत के होला ? मैले त फर्केर हेरेको पनि छैन
२०७५-११-२ ० बिचार / प्रतिक्रिया