भोजराजको नेतृत्वमा ग्यान्समा नया समिति

भोजराजको नेतृत्वमा ग्यान्समा नया समिति
 
विश्व न्यूज संवाददाता
अस्टिन । 
 
ग्रेटर अस्टिन नेपलिज सोसाइटी (ग्यान्स) टेक्ससमा भोजराज भट्टको अध्यक्ष्तामा नया कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । भट्ट यस अघिको कार्यसमितिमा उपाध्यक्ष रहेका थिए । 
नव गठित समितिको उपाध्यक्षहरुमा पुष्कर प्रधान, रामकुमार  महतो , महासचिवमा विदुर खतिवडा, सचिवमा राम केसी, कोषाध्यक्षमा सकुल कोइराला रहेका छन् । यस्तैं सदस्यहरुमा नारायण रिजाल, अनिल दुलाल, निशा भण्डारी, देवी दाहाल, तिलक भण्डारी,मिथलेश यादव, सिताराम पाण्डे, अञ्जु थापा र युवराज आचार्य रहेका छन् ।
नवगठित समितिको पदहस्तान्तरण तथा ग्यान्सको साधारणसभा आइतवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देवराज न्यौपानेको अध्यक्षता तथा टेक्सस हाउस अफ रिप्रिन्जेटिभकी सदस्य टेरी मेजाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, साहित्यकार प्रभात दिक्ष्ँित, एनआएनए अमेरिका टेक्सस च्याप्टर महासचिव पदम ठकुराठी लगायतले शुभकामना मन्तव्य राखेका थिए । 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार