कोलोराडोका शिक्षक हड्तालमा, तलव बढाउन माग

कोलोराडोका शिक्षक हड्तालमा, तलव बढाउन माग
न्यूयोर्क
अमेरिकी राज्य कोलोराडो स्थित डेनभरमा शिक्षकहरु हड्तालमा उत्रिएका छन् । १५ महिना देखि तलव बृद्धिको माग राख्दै आएका शिक्षकहरुले माग पुरा नभएपछि हड्ताल सुरु गरेका हुन् । 
 
डेनभरका शिक्षक एसोसिएसनका प्रबक्ता रब ग्लाऊड प्रशासनले आफ्नो माग बेवास्ता गरेको कारण बाध्य भएर हड्तालमा उत्रनु परेको बताएका छन् । सम्पूर्ण  शिक्षकहरु आफ्ना  विद्यार्थीसँग कक्षमा हुन चाहेको बताउदै भोलीसम्म आफ्ना माग सम्बोधन हुने आशा प्रबक्ता ग्लाऊडले गरेका छन् । २५ बर्षमा पहिलो पटक डेनभरका सरकारी स्कुलका शिक्षक हड्तालमा उत्रिएका छन् । 
 
डेनभर स्कुल डिष्ट्रिक्ट अन्तर्गत चार हजार ७२५ शिक्षक कार्यरत रहेकोमा सोमबार २६ सय जना बिद्यालय हाजिर भएनन् । प्रशासनले अन्य कर्मचारी र ज्यालादारी शिक्षक ब्यबस्था गरेर बिद्यालय सुचारु गर्न खोजे पनि आन्दोलनरत शिक्षकहरुको घेराऊका कारण सफल हुन सकेन । कतिपय माध्यामिक बिद्यालयका विद्यार्थी पनि शिक्षकसंगै आन्दोलनमा गएको संचार माध्यमहरुले उल्लेख गरेका छन् ।
 
प्रशासनले कानुनी कारबाही गर्ने धम्की दिँदा पनि शिक्षकहरु आन्दोलनमा उत्रिन डराएनन् । राज्यका केही विधायकले उनीहरुलाई जेल हाल्न सक्ने चेतावनी समेत दिएका थिए । ‘यो हाम्रो समय हो, डेनभर हाइस्कुलकी सामाजीक शिक्षक सोनीया बर्नसले भक्ससँग भनेकी छिन्– यो मुभमेन्ट विस्तारै देशभर फैलँदै छ र समुदायबाट हामीले पर्याप्त सहयोग पाएका छौँ ।’ केही विधायकहरुले भने खुलेर शिक्षकको आन्दोलनको समर्थन गरेका छन् । (एजेन्सीको सहयोगमा)
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग