प्रदेश सरकारले आफ्नै खर्चमा महिलाको सुरक्षा गर्न ‘एयर लिफ्टिङ’ गर्ने

प्रदेश सरकारले आफ्नै खर्चमा महिलाको सुरक्षा गर्न ‘एयर लिफ्टिङ’ गर्ने

पोखरा

गर्भवती र सुत्केरी महिलाको ज्यानै जोखिममा परेको खण्डमा गण्डकी प्रदेश सरकारले ‘एयर लिफ्टिङ’ गरेर सुविधा सम्पन्न अस्पतालमा उपचारको लागि पु¥याउने भएको छ ।  यसबापतको खर्च पनि प्रदेश सरकार आफैँले बेहोर्नेछ । यो निर्णय मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले गर्भवती र सुत्केरी महिलाको ज्यानको बचाउने सम्बन्धिको कार्यविधी स्विकृत गरेको बताए ।

गर्भवती र सुत्केरी महिलालाई जटिलता व्यवस्थापनको लागि सुविधा सम्पन्न अस्तालमा एयरलिफ्ट गर्ने, कार्यविधी’ अनुसार सम्बन्धी स्वास्थ्य संस्थामा गएका गर्भवती र सुत्केरी महिलालाई अन्यत्रै रिफर गर्नुपर्ने अवस्थामा देखिएमा उक्त महिलाको स्थिति जटिल देखिएको अवस्थामा सम्बन्धित स्वास्थ्य संस्थाको स्वास्थ्यकर्मीले सिधै प्रदेशस्तरमा गठित सिफारिस समितिलाई जानकारी गराउनुपर्ने हुन्छ । 

उक्त सिफारिस समितिको सचिव नै संयोजक हुने र उनले नै समितिका अन्य पदाधिकारीसँग छलफल गरि एयरलिफ्टिङको लागि हेलिकप्टर पठाउनेछन् ।

यसबाहेक, बालबालिका, ज्येष्ठ र अपाङ्गता भएका व्यक्तिहरुको हक, अधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, को मस्यौदा बनाउन मन्त्रिपरिषदले स्विकृती दिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले यो विधेयकको मस्यौदा बनाउनेछ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले करारमा ३ जना हलुका सवारी चालक थप गर्ने निर्णय समेत मंगलबारको बैठकले गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ९ जना सवारी चालकको दरबन्दी छ, र अहिले जम्मा ६ जना मात्र चालक कार्यरत छन् । रिक्त दरबन्दी पूर्ति गर्न मन्त्रिपरिषदले कर्मचारी थप्ने निर्णय गरेको हो ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार