१८ करोड भ्रष्टाचार मुद्धामा आरोपित खड्का साढे २ करोड बुझाएर छुटे

१८ करोड भ्रष्टाचार मुद्धामा आरोपित खड्का साढे २ करोड बुझाएर छुटे

काठमाडौं

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का विशेष अदालतले मागेको २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले खड्कासँग २ करोड ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको थियो ।

धरौटी रकमका लागि नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी बसेकाले उनी मंगलबार नै तारेखमा छुटेका छन् ।

गैरकानुनी रुपमा १८ करोड ५५ लाख रुपैयाँ सम्पति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले उनका श्रीमती शर्मिला खड्का र अमिता लामाका नाममा अकुत रुपमा आर्जन गरेको सम्पत्ति लुकाएको आरोप लगाएको थियो ।

खड्काले अवैध रुपमा आर्जन गरेको सम्पत्ति लामाको नाममा राखेको दाबी अख्तियारको छ ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार