साप्ताहिक राशिफल

साप्ताहिक राशिफल
 र्न्युयोर्क  
मेष : साताको सुरुवातमा गलत, नराम्रो विचार मन आउनेछ । कुनै पनि निर्णय गर्दा सोंचविचार गरेर मात्र गर्नुहोला । स्वास्थ्य र दाम्पत्य जीवनमा पनि समस्या निम्तिनेछ । शुरुवातमा खर्च बढे पनि अन्त्यमा नयाँ नयाँ आयको स्रोत खुल्नेछ ।
 
वृष : मनमा केही कुराको डरले डेरा जमाउँदा प्रेम सम्बन्धमा असर पर्नेछ । मनलाई स्थिर राख्ने कोसिस गर्नुपर्नेछ । साताको मध्यबाट राम्रो समयको सुरुवात हुनेछ । व्यापार व्यवसायमा आर्थिक उन्नति हुनेछ । सामान्य दुर्घटनाको योग रहेको छ ।
 
मिथुन : मनोरञ्जनात्मक यात्राको योग रहेको छ । व्यवसायमा आर्थिक उन्नति हुनेछ । नोकरीमा बढुवा हुनुका साथै नयाँ बाहन खरिद गर्नेहरुका लागि यो साता राम्रो रहेको छ । विदेश अध्ययनमा कोसिस गर्नेहरुका लागि पनि यो सात्ता उत्तम रहेको छ ।
 
कर्कट : आर्थिक वृद्धि तथा बढुवाको योग रहेको छ । नयाँ व्यापार व्यवसाय सुरुवात गर्ने योजना बन्नेछन् । प्रेमी–प्रेमिका तथा पारिवारिक सहयोग पाउनुका साथै राम्रो सम्बन्ध रहनेछ । नोकरी तथा विद्यार्थीहरुका लागि पनि यो साता फलदायी रहेको छ ।
 
सिंह : सरकारी काम तथा लामो समयदेखि रोकिएको काममा सफलता मिल्नेछ । शत्रु बढ्नाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा ठूलो मौका तपाईंको हातबाट खोसिनेछ । नजिकको साथीसंगीबाट धोका हुनेछ, शतर्क रहनुहोला । आम्दानीसँगै खर्च पनि वृद्धि हुनेछ ।
 
कन्या : प्रतिस्पर्धी बढ्नाले वादविवादमा फसिनेछ। सरकारी कामकाजमा सफलता, लामो समयदेखि रोकिएको काम सम्पन्न हुनेछ। यो साता धन खर्चको योग रहेकाले लगानी नगर्दा नै राम्रो हुनेछ । व्यापार व्यवसायमा आर्थिक उन्नति सोंचेजस्तो हुनेछैन ।
 
तुला : दाम्पत्य जीवन रमाइलोसँग बित्नेछ । सुरुवातमा व्यापार व्यवसायमा खर्च बढ्नेछ । मेहनत गरेअनुसारको फल नमिल्दा मन असन्तोष रहनेछ । अन्त्यतिर नयाँ आयस्रोत भेटिनुका साथै आयमा पनि वृद्धि हुनेछ ।
 
वृश्चिक : यो साता प्रेमसम्बन्धमा रहेकाहरुका लागि उत्तम छ । सामान्य आय भए पनि अन्त्यमा नसोंचेको खर्च आइपर्नेछ । नयाँ व्यापार व्यवसायतिर मन जानेछ तर सुरुवात नगरेकै राम्रो देखिन्छ । हतारमा गरेको निर्णय गलत हुन सक्छ ।
 
धनु : यो साता स्वास्थ्यमा समस्या आउनाले मन चिन्तित हुनेछ । लामो समयदेखि फसेको धन प्राप्त हुनेछ । परिवारमा अनावश्यक विवाद आइपर्नेछ । लामो यात्राको योग रहेको छ । नोकरी परिवर्तन गर्नेहरुलाई सफलता मिल्नेछ ।
 
मकर : नयाँ घर किन्ने वा सर्न खोज्नेहरुका लागि यो साता राम्रो देखिएको छ । जग्गा–जमिन किनबेचका लागि पनि समय राम्रो छ । व्यापार–व्यवसायमा उन्नति हुनेछ । मेहनतअनुसारको फल मिल्नाले मन हर्षित रहनेछ ।
 
कुम्भ : पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । व्यापार व्यवसाय तथा नोकरीमा उन्नति र धनलाभको योग रहेको छ । सोंचेजस्तो परिणाम प्राप्त हुनेहुँदा मन प्रसन्न रहनेछ । पारिवारिक तथा साथीभाइसँगको घूमघाममा धन खर्च हुनेछ ।
 
मीन : सामान्य पारिवारिक विवाद आए तापनि साताको सुरुवात राम्रो रहेको छ । नोकरी गर्नेहरुका लागि बढुवा तथा सम्मान पाउने योग रहेको छ । आशा गरेअनुरुपको फल प्राप्त नहुँदा मन खिन्न हुनेछ । साझेदारी व्यापारमा धोकाको सम्भावना रहेको छ ।
 
 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार