एनएसटी र ग्यान्सले सहकार्य गर्ने

एनएसटी र ग्यान्सले सहकार्य गर्ने
 
विश्व न्यूज संवाददाता
डलास ।
 
नेपाली समाज टेक्सस (एनएसटी) र ग्रेटर अस्टिन नेपलिज सोसाइटी (ग्यान्स) ले सहकार्य गर्ने भएका छन् । दुवैं संस्थाको हितमा रहने गरी विभिन्न कार्यक्रममा दुवैं संस्थाले सहकार्य गर्ने भएका हुन् । एनएसटीले डलास फोटवर्थ क्ष्ँेत्रलाई प्राथमिकता दिएर कार्यक्रम गर्दै आएको छ भने ग्यान्सले अस्टिन आसपासको क्षेत्रलाई प्राथमिकता दिएर कार्यक्रम गर्ने गरेको छ । 
विभिन्न समयमा गरिने सांस्कृतिक कार्यक्रममा कलाकार बोलाउने देखि लिएर भाषा संस्कृतिको प्रवद्र्दन अनि अमेरिकामा समेत कुनैं मुद्दाहरु उठाउनुपर्दा एकतावद्ध भई गरिने कार्यक्रम लगायतमा दुवैं संस्थाबिच सहकार्य रहने एनएसटीका अध्यक्ष सुमन थापा र ग्यान्सका अध्यक्ष् भोजराज भट्टले बताए । 
आवश्यक परेको समयमा नेपालमा गरिने सहयोग देखि लिएर अमेरिकामैं समेत आवश्यक सहयोग संकलन एवं सहयोगको क्ष्ँेत्रमा एक आपसमा सहकार्य गर्दा दुवैं संस्थालाई सहज हुनेमा उनीहरुले जोड दिए । 
यसैविच, ग्यान्सको पहलमा अस्टिनमा सामुदायिक भवन निर्माणको काम भैरहेको छ । त्यस कार्यमा समेत एनएसटीले रचनात्मक सहयोग गर्ने अध्यक्ष् थापाले बताए । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग