एनआरएनए अमेरिकामा भोट हाल्न पाउने गरी सदस्य बन्न अब तीन दिनको समय

एनआरएनए अमेरिकामा भोट हाल्न पाउने गरी सदस्य बन्न अब तीन दिनको समय
 
आवेदन आउने क्रममा बढोत्तरी 
 
विश्व न्यूज संवाददाता
न्यूयोर्क । 
 
गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको सदस्यता लिने क्रम ह्वात्तैं बढेको छ । केही हप्ता अघि सम्म सुस्त गतीमा नया  सदस्यता आवेदन र नविकरणको लागि निवेदन आइरहेकोमा पछिल्ला केही दिनयता सो दरमा बढोत्तरी भएको छ । 
एनआरएनए अमेरिकाको आन्तरिक सदस्यता प्रमाणिकरण समितिले जनाए अनुसार चालु हप्तामा सदस्यताका लागि आवेदन आउने क्रम बढेको छ । प्राविधिक रुपमा सदस्यता आवेदन केही झन्झटिलो र सुरक्षाको दृष्टिकोणवाट समेत प्रश्नहरुलाई जोडेर आइरहेको विभिन्न टिकाटिप्पणी का बीच सदस्यता आवेदन दिने अन्तिम मिति नजिकिएसगैं सदस्यताका लागि आवेदनको क्रम बढेको हो । 
सदस्यको आन्तरिक जानकारीलाई पूर्ण रुपमा सुरक्षा दिने र सदस्य बन्न चाहनेलाई सहज वातावरण बनाउने एनआरएनए अमेरिकाको कार्यसमिति र प्रमाणिकरण समितिले बताउ“दैं आएको छ । आउदो फेबु्रअरी १५ सम्म सदस्य बनेका सदस्यहरुले मात्र वर्ष २०१९/२१ का लागि मताधिकार दिन पाउनेछन् भने उम्मेद्वार बन्न उनीहरु योग्य हुनेछन् । यही विषयलाई जोड दिदैं अहिले  अमेरिकामा रहेको नेपाली डायस्पोरामा  सदस्यता वृद्दि अभियान चलिरहेको छ । 
 
विगतमा समेत अन्तिम दिनहरुमा सदस्य बन्ने क्रम अधिक हुने गरेकाले यस पटक पनि एनआरएनए अमेरिकाको सदस्य संख्या राम्रैं हुने विश्वास एनआरएनए अमेरिकाको कार्यसमितिले गरेको छ । अध्यक्ष् डा. केशव पौडेलले अहिले एनआरएनए सदस्य अभियान नेपाली बसिरहेका अमेरिकाका हरेक राज्य र शहरमा पुगेको बताए । संख्यात्मक हिसावले हेर्दा पनि सदस्य संख्या रामै्र हुने उल्लेख गर्दै अध्यक्ष पौडेलले सदस्य संख्याका साथैं अहिले चलिरहेको अभियानवाट महत्वपूर्ण कुरा अहिले यहा वस्ने नेपालीले एनआरएनए के हो र यसले के गरिरहेको छ भन्ने बारेमा बुझ्न र  यससग जोडिने वातावरण निर्माण भएको बताए । 
 
पछिल्लो पटक समेत सदस्य बन्ने क्रम अन्तिम समयमा बढेको तत्कालिन समयका प्रमाणिकरण समितिका संंयोजक समेत रहेका तत्कालिन महासचिव तिलक श्रेष्ठले बताए । उनले सुरुवातमा केही सुस्त गतीमा सदस्य बन्ने क्रम भएको भएपनि समय सकिन केही दिन यता आवेदन आउने क्रम ह्वात्तैं बढेको र जसले गर्दा काम गर्न समेत प्रेसर परेको अनुभव सुनाए । उनले एनआरएनए प्रवासमा बस्ने हामी सबैं नेपालीको साझा अर्गनाइजेशन भएकाले आग्रह वा पूर्वाग्रह  विना सबैं यसको सदस्य बन्नुपर्नेमा जोड दिए । गत पटक सदस्य बन्न का लागि तोकिएको समय पनि थप गरिएको थियो । 
एनआरएनए अमेरिकाको सदस्य बन्ने क्रम समेत केही दिन यता बढेको बताउदैं प्रमाणिकरण समितिका संयोजक समेत रहेका उपाध्यक्ष् रामकुमार सुवेदीले ५ हजार ६ सय ९० जनाले आवेदन शुल्क बुझाइसकेको र  ३ हजार ९ सय ७१ जना सदस्य प्रमाणित भैसकेको जानकारी दिए । उनले आवेदन आएको तर शुल्क बुझाउन बाकी १२ सय जना  रहेको  बताए ।  गत शुक्रवार यता मात्रैं दिनमा औसतमा १ हजारको आवेदन आइरहेको जानकारी दिदैं अहिले आवेदन परेको हेर्दा अवका दिनहरुमा अझ सदस्यताका लागि आवेदन आउने संभावना बढी देखिएको सुनाए । 
गत हप्ता औसतमा दैनिक ५ सय अनुपातमा आवेदन आउने गरेकोमा गत शुक्रवार यता त्यो दर झण्डैं शत प्रतिशतले बढेको छ । उनले भने अव अन्तिम तिर झन् यो आवेदन आउने क्रम बढ्ने देखिन्छ । यसलाई मध्यनजर गर्दै प्रमाणिकरण समितिको काम गर्ने म्याद समेत फेब्रुअरी अन्तिम (२८ फेबु्रअरी) सम्म निर्धारण गरिएको छ । फेबु्रअरी १५ को राती ११ वजेर ५९ मिनेट जादासम्म शुल्क भुक्तान सहीत आएका सबैं आवेदनलाई विधिसंगत प्रभावकारी रुपमा प्रमाणिकरण गर्न केही समय थप आवश्यक देखिएकाले काम गर्ने म्याद बढाइएको सुवेदीले जानकारी दिए । उनले आवेदन दिएर भुक्तान बाकी सबैलाई समय अगावैं भुक्तान गर्न समेत आग्रह गरेका छन् । 
 
 
आजिवन सदस्यलाई सहुलियत दिइने 
 
यसैविच, आजिवन सदस्य रही सकेका सदस्यहरुलाई अहिले नविकरणका लागि आवेदन दिए पनि नदिएपनि स्वतः सदस्य कायम गरिने भएको छ । एनआरएनए अमेरिकाको वेभसाइट मर्मतका क्रममा प्राविधिक कारणले आजिवन सदस्यको नाम हट्न गएका कारण नविकरणका लागि आवेदन दिन एनआरएनए अमेरिकाले आग्रह गरेको थियो । सो आग्रहलाई स्वीकारेर आवेदन दिने देखि कारणवशः आवेदन दिन छुटेपनि  आजिवन सदस्यहरु स्वतः सदस्य हुनेभएकाले उनीहरुलाई स्वतः प्रमाणिकरण गरिने भएको छ । नया आजिवन सदस्यताका लागि आवेदन दिएकाको हकमा वाहेक पुराना आजिवन सदस्यहरु (५ सय ९१) हकमा भने संस्थाको दस्तावेज हेरी स्वतः प्रमाणिकरण गरिने संयोजक सुवेदीले बताए । 
आजिवन सदस्य भनेपछि उहाहरु स्वतः सदस्य हुने भएकाले हामीले वा अरु कसैंले सदस्य कायम गर्ने वा नगर्ने कुरा रहदैंन उनले भने उहाहरु नाम हामीले निर्वाचन समितिलाई स्वतः पठाइदिन्छौं । उनका अनुसार यसपटक अहिलेसम्म  ३ सय जना नया आजिवन सदस्यताका लागि आवेदन परेको छ ।  एनआरएनए अमेरिकाको वर्ष १३/१५ का लागि सदस्य खुलाइदा ५ सय, वर्ष १५/१७ का लागि सदस्य खुलाइदा ३ सय र वर्ष १७/१९ को समयमा  सदस्यता खुलाइदा आजिवन सदस्यताका लागि १ सय ५० कायम गरिएको थियो । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग