न्युयोर्क कुईन्समा गोलि चल्दा एक प्रहरीको मृत्यु

न्युयोर्क कुईन्समा गोलि चल्दा एक प्रहरीको मृत्यु
 
न्युयोर्क ।
 
न्युयोर्क प्रहरीका गुप्तचरमाथि गोलि प्रहार हुँदा कुईन्स स्थित  एक जना प्रहरीको मृत्यु भएको छ । कुईन्स रिचमोण्ड हिल स्थित एटलाण्टिक एभिन्युको फोन पसलमा  संकास्पद चोरहरुले गोलि चलाउँदा एक जना प्रहरीको मृत्यु भएको हो भने एक जना घाईते भएका छन् । सेल फोन पसलबाट प्रहरीको हनटिङ्ग लाईन ९११ मा आएको जानकारी पछि सुरक्षाको लागि पुगेका दुई प्रहरी मध्ये एकलाई छातीमा र अर्को लाई खुट्टामा गोलि लागेको थियो । घटनामा प्रहरीको तर्फको जवाफी कारबाहीमा संकास्पद चोर घाईते हुदा अस्पताल लगिएको छ भने अर्का घाईते प्रहरीलाई पनि जमैका हस्पिटल लगिएको थियो । 
 
समाचार एजेन्सीका अनुसार घाईते अबस्थामा अस्पताल पुर्याईएका  ति गुप्तचरलाई तत्काल चिकित्सकले मृत घोषित गरेका थिए। घटना पछि न्युयोर्क प्रहरी कमिसनर जेम ओ निलले टुईटर मार्फत घटनाको पुस्टि गरेका छन् । घटना साँझ ६ बजे को हो ।
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग