टिपिएस निरन्तरताको माग सहित अमेरिकामा नेपालीको मुद्दा र प्रदर्शन

टिपिएस निरन्तरताको माग सहित अमेरिकामा नेपालीको मुद्दा र प्रदर्शन
तस्बिर : राज कुमार बिष्ट,न्युयोर्क
 न्यूयोर्क
२०७२ सालको महा भूकम्प पश्चात अमेरिकी सरकारले यहॉ रहेका नेपालीलाई प्रदान गरेको टेम्पोररी प्रोटेक्सन स्टाटस (टिपिएस) निरन्तरताको माग सहित अमेरिकी सरकार बिरूद्ध नेपालीले मुद्दा दायर गरेका छन् ।
राष्ट्रपती  डोनाल्ड ट्रम्पले अन्याय पूर्वक अमेरिकामा कानुन सम्बत बसोबास र काम गर्ने अधिकार प्रदान गर्ने टिपिएस अन्त्य गरेको दाबी सहित हन्डुरस  र नेपालका केही टिपिएस बाहकले संयुक्त रूपमा सरकार बिरुद्ध  मुद्धा  दायर गरेका हुन् ।
मुद्धा सोमबार सान्फ्रान्सिस्को स्थित संघिय जिल्ला अदालतमा दायर गरिएको हो  ।डिपार्टमेन्ट अफ होम ल्याण्ड सेक्युरिटीले रङ् भेद जाती भेद जस्ता नस्लबाद अबलम्बन गर्दै टिपिएस्  अन्त्य गरिएको मुद्धाको अभियोगमा जनाईएको छ ।  
मुद्धा  अमेरिकामा जन्मिएका दुई अमेरिकि नागरिक सहितका टिपिएस् बाहक ४  जनाको तर्फबाट दर्ता गरिएको  हो ।  अमेरिकामा नै जन्मिएका सन्तान सहित उनका अभिभाबक सम्बन्धित देश फर्किनु पर्दाको अव्यवहारिक अवस्था समेत अभियोगमा उल्लेख गरिएको छ । नेपालीको तर्फबाट मुद्धा दायर गर्ने मध्धे एक केशब भट्टराई क्यालिफोर्निया स्थित सन्निभेलमा बसोबास  गर्दै आएका छन् ।
 लस एञ्जलस टाईम्सका अनुसार  सन् २०१५ को महा भुकम्प पछि परिबार सहित  अमेरिका आएका ५६    बर्षीय भट्टराई  टिपिएस बाहक हुन् भने उनको छोरा चिकित्सक छन् ।  मुद्धा दर्ता गरिएको भोली पल्ट न्यूयोर्ककी सांसद एलेक्जेण्ड्रिया ओकासियो कोर्टेज सहितको ठुलो समूहले टिपिएस पुनर्बहालीको माग गर्दै मंगलबार व्ह्याईट हाउस अगाडी प्रदर्शन गरेको छ । नेपाली समुदायको तर्फबाट न्यूयोर्क, न्यूजर्सी , डि सी, भर्जिनिया लगायतका  राज्यहरुबाट विभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्दै थुप्रै नेपाली प्रदर्शनमा सहभागी भएका थिए । करिब १५ हजार नेपालीले  अमेरिकामा टिपिएस सुबिधा  लिएका छन् । ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि टिपिएसको म्याद नथप्ने निर्णय गरेका थिए ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग