भारतमा आतंकवादी आक्रमण, ४४ जवानको ज्यान गयो

भारतमा आतंकवादी आक्रमण, ४४ जवानको ज्यान गयो
नया दिल्ली ।
 
 भारत प्रशासित जम्मु काश्मिर राज्यको पुलावा जिल्लामा केन्द्रीय रिर्जभ प्रहरी चढेको वसलाई लक्षित गरी भएको आतंककारी आक्रमणमा परी कम्तिमा ४४ प्रहरीको ज्यान गएको छ । 
विहिवार घटाइएको  घटनामा परी अन्य ४३  जना प्रहरी घाइते भएको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ । सो समाचार एजेन्सीका अनुसार आक्रमणको जिम्मा पाकिस्तानमा समेत सक्रिय जैश ए मुहम्मद नामक संगठनले लिएको छ । सो समुहले भारतीय प्रहरी  सिआरपीएफको ५४ औं बटालियनका जवान चढेको वसमा विष्फोटक पदार्थले भरिएको कार ठोक्काएका थिए । सिआरपीएफका २० वस जम्मुवाट काश्मिर जादैं गरेको अवस्थामा आक्रमण भएको थियो । 
घटनाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी लगायतले निन्दा गर्दै यस्ता घटनावाट भारत नडराउने र सवैं एकजुट भई आतंकवादविरुद्ध लड्ने बताएका छन् ।  
 
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग