न्यूयोर्कमा एमेजोनको नयाँ परियोजना नआऊने पक्का

न्यूयोर्कमा एमेजोनको नयाँ परियोजना नआऊने पक्का
न्यूयोर्क ।   
 
स्थानीय राजनीतिक दलका नेता तथा अधिकारकर्मीहरुको  चर्को बिरोधका कारण न्यूयोर्क सिटीमा संचालन     गर्ने  निश्चित भएको एमेजोनको केन्द्रिय कार्यालय  हालका लागि न्युयोर्कमा सुरु नहुने भएको छ ।  विश्वकै धनी कम्पनी मध्येको एक  एमेजोनले आज बिहीवार बिज्ञप्ती जारी गर्दै न्युयोर्क   सिटीमा केन्द्रीय  कार्यालय सुरु गर्ने योजना तत्कालका लागि स्थगित गरेको जनाएको छ ।  
गत नोभेम्बरमा सिटीका मेयर  बिल डि ब्लाजियो र गभर्नर एन्ड्रु कुमोले संयुक्त रुपमा  घोषणा  गर्दै न्युयोर्कमा  निस्चित गरिएको एमेजोनको नयां परियोजनाको लागि सिटी र स्टेटबाट ३ अर्ब अनुदान दिने त्यसको लागि एमेजोनले २५ हजार रोजगारी सिर्जना गर्नु पर्ने सम्झौता    भएको थियो । एमेजोन न्युयोर्कमा सुरु गर्ने सम्झौता  भए लगत्तै न्युयोर्क    स्थित बिभिन्न संस्थालाई प्रतिनिधित्व गर्दै अधिकारकर्मी तथा स्थानिय राजनीतिकर्मीले परियोजनाको चर्को बिरोध  गर्दै आएका थिए ।  
भर्जि्निया    र न्युयोर्कमा एकै पटक संचालन गर्ने निश्चित भएको एमेजोनको नयां परियोजना भर्र्जि्नियामा भने गत जनबरी   महिनामा नै राज्यको बिधान सभाका बहुमत सदस्यहरुले पास गरेर संचालन हुने निश्चित भैसकेको छ ।  न्युयोर्कबाट फर्किने निर्णय गरेको एमेजोनले १५ बर्ष भित्र ४० हजार रोजगारी दिने बताएको थियो भने एमेजोनको परियोजना नचाहनेहरुले घर भाडा बढ्ने  र कुईन्समा लामो समय देखी बसोबास गर्दै आएका काम गरी खानेहरु बिस्थापित हुनुपर्ने बताउदै  आएका थिए ।  
न्युयोर्कबाट फर्किएपछि एमेजोनले अर्को कुन राज्यमा नयां परियोजना  सुरु गर्ने हो त्यो भने खुलाएको छैन ।  एमेजोनका मालिक जेफ्री बिजोस विश्वकै धनी अर्बपती हुन् 
 
 
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग