अरबौं डलरको चिठ्ठाका विजेता दावी गर्न नआएपछि साउथ क्यारोलिना सरकारलाई पर्यो चिन्ता

अरबौं डलरको चिठ्ठाका विजेता दावी गर्न नआएपछि साउथ क्यारोलिना सरकारलाई पर्यो चिन्ता
न्यूयोर्क ।  
 
गत अक्टुबरमा साउथ क्यारोलिनास्थित  एक पसलबाट बिक्री भएको १ अर्ब ५३ करोड अमेरिकी डलर भन्दा धेरैको चिठ्ठा खरिद गर्ने ब्यक्ती हाल सम्म दाबी गर्न नआएको कारण साउथ क्यारोलिना राज्य सरकार अप्ठेरोमा परेको छ ।  भारतीय मुलका सि जे पटेलद्वारा संचालित के सि मार्ट नामक पसलबाट खरिद गरिएको अरबौको चिठ्ठा दाबी गर्ने ब्यक्ती ४ महिना भन्दा धेरै समय बित्दा समेत दाबी गर्न आएका छैनन् ।  
उता साउथ क्यारोलिना राज्य सरकारले भने सन् २०१९ मा उक्त चिठ्ठा बिजेताले तिर्ने अनुमानित कर करिब ६ करोड १० लाख अमेरिकी डलर बजेटमा समावेश गर्ने र ति बिजेताले तिर्ने करबाट प्राप्त हुने रकम नया भोटिङ् मेसिन खरिद गर्न र राज्यभरका बिद्यालयमा सुरक्षार्थ  प्रहरी राख्न खर्च गर्ने  योजना बनाएको थियो ।  साउथ क्यारोलिनाको कुल वार्षिक  बजेट ९ अरब अमेरिकि डलर छ ।  समाचार एजेन्सीहरुका अनुसार आज बिहीवार राज्यको आर्थिक सल्लाहाकार समितीले चिठ्ठाको करबाट प्राप्त हुने अनुमान गरिएको ६ करोड १० लाख रकम योजनाबाट हटाउन सुझाब दिने भएको छ ।  
साउथ क्यारोलिनाको नियम अनुसार चिठ्ठा पर्ने ब्यक्तिले आवश्यक प्रमाण साहित परेको मितीबाट ६ महिना भित्र दाबी गरी सक्नु पर्ने कानुनी ब्यबस्था छ । बिजेताले यही बर्ष अप्रिल मध्य सम्म रकमको लागि दाबी गरी सक्नुपर्ने छ ।  यदी समय सिमा भित्र कसैले पनि दाबी गरेन भने मेगा मिलियन चिठ्ठा बिक्रीको आधारमा अमेरिकाका ४४ वटा राज्यमा भाग लाग्ने छ । भने साउथ क्यारोलिना राज्यको भागमा एक करोड १२ लाख अमेरिकी डलर पर्ने छ । बिजेता मेगा मिलियम चिठ्ठा नम्बर ५ ,२८  ,६२ ,६५ ,७० र मेगा बल ५ रहेको छ ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग