अनटिएफ अवार्ड भब्य सम्पन्न

अभाव, समस्याका बिच नेपाली खेलले उपलब्धि हासिल गरेको सदस्यसचिव विष्टको दाबी

अनटिएफ अवार्ड भब्य सम्पन्न
स्वस्तिक श्रेष्ठ
बुटवल
देश गरिब र नेताहरुलाई खेलको विषयमा बुझाई नहुदा नेपाली खेल जागरण र विकास हुन नसकेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले दुखेसो गरेका छन । 
युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेशन (अनटिएफ) ले बुटवलमा शुक्रबार साझ गरेको अनटिएफ अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले धेरै समस्या, अभावमा बिच नेपाली खेलकुल क्षेत्रले उपलब्धिहरु हासिल गर्न सफल भएको बताए । नेपाल सरकारले ६ अर्ब रुपैया बजेट खेल क्षेत्रमा छुटाउने काम भएको भन्दै यो न्युन रकम रहेको बताए । अहिलेको पूर्वाधार पुरा गर्न १५ अर्ब बढी आवश्यक रहेको उनले बताए । अवार्ड अन्तरगत तेक्वादो खेल प्रदर्शन विद्यापुरुषतर्फ कमल श्रेष्ठ, महिलातर्फ सिना मादेन लिम्बु, यसैगरि फाईट पुरुष विधातर्फ बीर बहादुर महरा तथा महिला अस्मिता खड्का तथा उत्कृष्ट प्रशिक्षकको अवार्ड नेपाल तेक्वान्दो संघका केन्द्रिय सचिव नबिन कुमार श्रेष्ठलाई कपसहित नगद जनही २० हजारका दरले पुरस्कृत गरिएको छ । नेशनल डेमोष्टेसन टिम कफन टाईगरलाई नगद ५० हजार बराबरको टयाक्टसुट सेट जगनलाल श्रेष्ठ र जर्जले सहयोग गरेका छन । यसैगरि चेपाङ्ग बस्तीमा स्थित कान्दा तेक्वान्दो डोजाङ्गका प्रतिनिधि सुमन दाहाललाई समेत सहयोग सामग्री वितरण गरिएको छ । मिचिगनबासी नेपालीको तर्फबाट १ लाख ९४ हजार पाच सय बराबर रकम १५ वर्षमुनिका ४ जना खेलाडीलाई प्रशिक्षणमा लाग्ने खर्च बराबरको सहयोग रकम जगनलाल श्रेष्ठ र मुलपानी एकेडेमीका अशोक खड्काबिचमा सम्झौता गरिएको छ । 
एक कार्यक्रमका बिच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट, अनटिएफका अन्तराष्ट्रिय उपाध्यक्ष तथा एनआरएन मिचिगन च्याप्टरका अध्यक्ष जगनलाल श्रेष्ठ, अनटिएफ नेपाल नेपाल च्याप्टरका अध्यक्ष फणिन्द्र खड्का, तेक्वान्दो कोरियन प्रशिक्षक क्वान योङ्ग दल, नेपाल तेक्वान्दो संघका सचिव दिपक विष्ट, संगिना बैद्य, सदस्य श्रीमान थापाले पुरस्कार वितरण गरेका थिए ।  
कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष प्रदिप उदयले खेलाडीहरुले अवसर नपाउदा विदेशीनुपर्ने बाध्यता आएको भन्दै यसलाई रोक्ने गरि सरकारले नीति ल्याउनुपर्ने सुझाव दिए । अनटिएफमा विभिन्न देशमा वस्दैं आएका तेक्वान्दो खेलसंग जोडिएका पूर्व प्रशिक्षक, खेलाडी तथा वर्तमान प्रशिक्षक र खेलाडी एवं खेल प्रेमीहरुको सहभागिता रहेको छ । 
अनटिएफलाई संघिय ढाचामा लैजाने गरि काम समेत अघि बढाउने तयारी भएको उपाध्यक्ष जगनलाल श्रेष्ठले बताए । तेक्वान्दोको विश्वमा नै रहेको क्रेजलाई अझ उचाईमा लैजानका लागि उर्जावान खेलाडी उत्पादन, अन्तराष्ट्रिय प्रतियोगिता आयोजनाका साथै विभिन्न सामाजिक गतिविधीमा समेत अघि बढ्न जरुरी रहेको उनले बताए । अनटिएफमा हाल पूर्व प्रमुख प्रशिक्षक सन्तोष प्रधानको अध्यक्षतामा केन्द्रीय समिति रहेको छ । सागमा ४ स्वर्ण पदक विजेता तथा एशियन खेलका कास्य पदक विजेता दिपक विष्ट, तेक्वान्दो विकास समितिका अर्जुनमान सैजु, अनटिएफ अवार्डका लागि नेपाल च्याप्टरका अध्यक्ष फनेन्द्र खड्का, उद्घोषण गोपाल अधिकारी बोल्दै खेलको विकासमा सरकारको लगानी जरुरी रहेको बताए । 
 
 
पाण्डेको अध्यक्षतामा अनटिएफ नेपाल च्याप्टर सर्वसम्मत
 
युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेशन (अनटिएफ) को दोस्रो साधारण सभा र दोस्रो अधिवेसनबाट हरिहर पाण्डेको अध्यक्षतामा सर्वसम्मत नया नेतृत्व चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा विमला भण्डारी, उपाध्यक्षमा प्रदेश नं. १ बाट नारायण बुढाथोकी, प्रदेश नं. २ बाट विजय शाह, प्रदेश नं.३ बाट रोशन खान, प्रदेश नं. ४ बाट नन्दु विष्ट, प्रदेश नं. ५ बाट नेत्र थापा मगर, प्रदेश नं. ६ बाट भुवन थापा र प्रदेश नं. ७ बाट देव बोगटी चयन भएका छन । यसैगरि महासचिव अर्जुन भक्त राई, कोषाध्यक्षमा पुष्पराज जोशी, सचिव मदन थापा तथा सदस्यहरुमा रेखमाया गुरुङ्ग, घनश्याम बुर्जामगर, शरण घले, बलराम लामा र राजकुमार पाण्डे चयन भएको प्रमुख निर्वाचन आयुक्त अधिबक्ता लोक प्रसाद खरेलले बताए । 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग