तिलोत्तमा गोल्डकपमा झापाको विजयी शुरुवात

तिलोत्तमा गोल्डकपमा झापाको विजयी शुरुवात
 
स्वस्तिक श्रेष्ठ
बुटवल
रुपन्देहीमा शनिबारबाट शुरु भएको तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगिता २०७५ मा पाहुना टोली झापा– ११ ले विजयी शुरुवात गरेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा शुरुभएको प्रतियोगितामा झापाले विभागिय शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २–० गोल अन्तरले स्तब्ध पार्दै क्वाटरफाईनलमा प्रवेश गरेको हो । क्वाटरफाईनलमा झापाले दाफिन्स एफसी क्यामरुनसंग खेल्ने छ । देविनगरस्थित एन्फा एकेडेमी टेक्निकल सेन्टरलाई खेलमैदान भएको खेलको आठौ मिनेटमा झापाका क्याप्टेन कर्ण लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । डिबक्सबाहिरबाट गरेको लिम्बुले गरेको क्रसबलले जाली चुमेको थियो । शुरुवातबाट नै खेलमा आक्रमक खेल पस्केको झापाका बुद्धबिर तामाङ्गले खेलको ४५ औ मिनेटमा गोल गर्दै जित सुनिश्चित गराएका थिए । एपीएफका गोलकिपर अमृत चौधरीले बुद्धबिरको बल आकलन गर्न नसक्दा गोल खान पुगेका थिए । अगाडी बढेर गोल रोक्न प्रयासमा बलले जाली चुमेको थियो । खेलमा विजयी टिमका क्याम्टेन कर्ण लिम्बु म्यान अफ द म्याच घोषित हुदै नगद १०  हजार र कपबाट पुरस्कृत भएका छन । खेलमा झापाका आशिष चापागाई र एपिएफका सन्तोष कटुवालले पहेलो कार्ड पाएका थिए ।
प्रतियोगिता अन्तरगत आईतबार आयोजक लाली रुपन्देही –११ र सुनसरी –११ का बिचमा खेल हुने छ ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग