गुणस्तर सुधार गर्न प्रतियोगिताको ग्रेडिङ्ग लागू

गुणस्तर सुधार गर्न प्रतियोगिताको ग्रेडिङ्ग लागू
स्वस्तिक श्रेष्ठ
बुटवल
अखिल नेपाल फुटबल संघका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पाले देशभरका प्रतियोगितालाई बलियो र गुणस्तरीय बनाउन ग्रेडिङ्ग प्रणाली लागु गरिएको बताएका छन । रुपन्देहीमा शनिबारबाट शुरु भएको तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगिता २०७५ को उद्घाटन कार्यक्रममा बोल्दै उनले प्रतियोगिताको ऐतिहासिकता, महत्व र पुरस्कार राशीको आधारमा विभिन्न समुहमा राखिएको बताए । ‘खेलाडी उत्पादनको मुख्य आधार प्रतियोगिता हो ।’–उनले भने । तिलोत्तमा गोल्कप प्रतियोगिता ए ग्रेडमा प्रस्तावित हुन पाउनु नै गर्भका कुरा भएको उनले दाबी समेत गरे । अन्तराष्ट्रिय टिम सहभागी गराएर स्तरवृद्धि गर्ने कामलाई जोड दिन उनले सुझाव दिए । बन्द रहेको एन्फा टेक्निकल सेन्टर छिट्टै शुरु हुने भन्दै उनले ४० जना बच्चाहरुलाई आवश्यक शिक्षा र खेल तालिम यहाबाट निशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाए । एन्फाले विद्यालयस्तरको ११ वटा सिटि लिग संचालनको अवधारणा ल्याएको भन्दै उनले नया खेलाडी उत्पादनको लागि सहयोगी हुने गरि फ्रेन्चाईची लिगका लागि समेत बुटवललाई छनौट गरिएको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले फुटबल खेलबाट राष्ट्रिय पहिचान स्थापित गरेको बताए । बुटवल खेलकुदको उर्वरभुमि भएको भन्दै उनले विद्यालयस्तरको खेलाडी उत्पादनको कामलाई अघि बढाउनु सबै संघसंस्था लाग्नुपर्ने बताए । नगरपालिकाले प्रदेश सरकारसंग समन्वय गरेर ३ वर्षभित्र गुरुयोजना अन्तरगत भौतिक पूर्वाधारको काम अघि बढाएको उनले बताए । गोल्डकपको ब्यवस्थापन र संचालनको जिम्मेवारीसंगै रुपन्देही जिल्ला फुटबल संघले स्तरवृद्धिको काम गरेको दाबी गर्दै उनले स्थानिय खेलप्रेमीहरुकोबाट सहयोग भएको बताए । बुटवल सबै खालको खेलको मैदान बनाउने रुपमा काम अघि बढाईएको उनले दाबि गरे । 
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति योग गुरुङ्ग, जिल्ला अध्यक्ष दिर्घ बहादुर केसीले प्रतियोगिता संचालन निक्कै चुनौतीपूर्ण भएको भन्दै यसमा सबै खेलप्रेमीहरुको साथका कारण सफलता मिलेको बताए ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग