कक्षा १० सम्म संस्कृति पढाउनुपर्छ : कमल थापा

कक्षा १० सम्म संस्कृति पढाउनुपर्छ : कमल थापा
काठमाडौं
 
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कक्षा १० सम्म संस्कृत शिक्षा अनिवार्य हुनुपर्ने बताएका छन् । उनले सो स्वाभिमान यात्रा हिन्दुराज्य घोषणा गर्ने र जातीय सदभाव कायम गर्ने अभियानको उदेश्य रहेको थापाले बताए।
 
आइतबार बानेश्वरमा पार्टीको पत्रकार सम्मेलनमा बोल्दै सनातन हिन्दु धर्ममा आस्था राख्ने, छुवाछुत अन्त्य गर्ने,गाई हत्या गर्नुहुदैँन भन्दै उनले आफ्नो अभियानलाई साथ दिन राजनीतिक दल र धार्मिक संघ, संस्थाहरुलाई आव्हान गरे। मन्दिर,मठ,गुम्बा, मस्जिद र चर्च सञ्चालन र व्यवस्थापनमा सरकारको नियन्त्रणको अन्त्य हुनुपर्ने अध्यक्ष थापाले बताए।
 
'पशुपतिनाथ,लुम्बिनी, र जानकी मन्दिरको सञ्चालन सम्बन्धित धर्म र सम्प्रदायकालाई जिम्मा लगाइनुपर्छ', उनले भने, 'प्रत्येक गाउँपालिका र नगरपालिकामा एउटा गौशाला निर्माण हुनुपर्छ।' उनले  आफ्नो पार्टीले प्रधानमन्त्रीको रोजगार भत्ताको कार्यक्रमको स्वागत गरेको बताए ।
 
सरकारले रोजगारीको अवसर नपाएकाहरुलाई निश्चित अवधिसम्म बेरोजगार भत्ता दिनुपर्ने,एक परिवार र एक रोजगारीको कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। 'भ्रष्टाचार नियन्त्रण गर्न समेत सरकारले ठोस कदम चालोस,सबैभन्दा बढी भष्ट्राचार मन्त्रालयले नै नीतिगत निर्णय गरेर भ्रष्टाचार गर्न प्रोत्साहन गरिरहेको छ।अख्तियारलाई त्यस्तो क्षेत्रमा हेर्ने अधिकार समेत दिएको छैन,' उनले भने । 
 
थापाले ०४७ साल यताका  उच्च पदस्थ व्यक्तिहरुका सम्पति छानविन गर्न समेत माग गरेका छन । सरकारले मेलम्ची खानेपानी आयोजनामा भएको घोटालाको छानविन गरि,वाइडबडी जहाज खरीदमा भएको अनियमितता  र भ्रष्टचारको छानविन गरि कानुन बमोजिम कारबाही गर्नुपर्ने उनले बताए।
 
 
आगामी निर्वाचनको मतदान कार्यक्रममा सहभागी हुने व्यवस्था गरि नागरिकलाई त्यसको इमान्दारीसाथ कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिएका छन्। देशमा प्रधानमन्त्री शेरबहादुर भएको अहिलेको भन्दा जटिल अवस्थामा जाने थापाले बताए ।
 
राप्रपाले राष्ट्रिय स्वाभिमान,धार्मिक सदभावको लागि र हिन्‍दु राष्ट्र पुनर्स्थापनको लागि फागुनको दोस्रो सातादेखि स्वाभिमान यात्रा गर्ने भएको छ। मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा शुभारम्भ ताप्लेजुङ्गबाट फागुन १५ गतेबाट हुने भएको छ। पाथिभरा मन्दिरमा धार्मिक अनुष्ठान गरी सदरमुकाम फुङ्लिङमा बृहत्त आमसभा गरिने थापाले बताए। स्वाभिमान यात्राको दुरी २८०७ कि.मी हुनेछ। २५० भन्दा बढी साना ठूला सभाहरु सम्पन्न गर्ने उनले बताए। स्वभिमान यात्राको पशुपतिमा जलयात्रा गरि समापन गरिने भएको छ। 
 
यस्तै, आगामी फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर प्रधानमन्त्रीलाई २२ बुँदे ज्ञापन पत्र बुझाउने बताएका छन ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग