२१ औ तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता

आयोजक लाली रुपन्देही –११ अन्तिम चारमा

२१ औ तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता
स्वस्तिक श्रेष्ठ
बुटवल
रुपन्देहीमा जारी २१ औ तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगितामा पाहुना टिम सुनसरी –११ लाई पराजित गर्दै आयोजक लाली रुपन्देही– ११ अन्तिम चारमा स्थान बनाएको छ । आईतबार भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलमा सुनसरी–११ लाई सडेन डेथमा ५–४ गोल अन्तरले स्तब्ध पार्दै अन्तिम चारमा स्थान बनाएको हो । सडेन डेथमा सुनसरीका उमेश राईको प्रहार बाहिरीयो । भने रुपन्देहीका युवा स्ट्राईकर निशान्त न्यौपानेको प्रहारले जाली चुमेसंगै रुपन्देही विजेता घोषित भएको थियो । विजेताले झापा र दाफिन्स एफसी क्यामरुन बिचको विजेतासंग फागुन १० गते सेमीफाईनलमा खेल खेल्ने छ । 
बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा देविनगरस्थित एन्फा एकेडेमी टेक्निकल सेन्टरलाई खेलमैदान भएको खेलको निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा सुनसरीका रोशन भुजेल, जिवन राजधामी, क्याप्टेन तिर्थ बस्नेतले गोल गरेका थिए । रुपन्देहीका विदेशी खेलाडी रामजी, कुलदिप कार्की र विश्वास श्रेष्ठले गोल गरेका थिए । सुनसरीका मनिन्द्र याक्चाको प्रहार बाहिरियो भने दिपेन तामाङ्गको प्रहारलाई रुपन्देहीका गोलकिपर किशोर गिरिले रोकिदिएका थिए । रुपन्देहीका अनुप गुरुङ्ग र किशोर गिरीको प्रहारलाई सुनसरीका गोलकिपर पूर्ण चाम्जोङ्गले राकिदिएका थिए । 
निर्धारित समयको २२ औ मिनेटमा सुनसरीका उमेश राईले डिबक्स बाहिरबाट गरेको प्रहार आकासिएको थियो । यसैगरि रुपन्देहीका साबि गुरुङको डिबक्स बाहिरबाट गरेको फ्रिकिक आकासिएको थियो । खेलको ३५ मिनेटमा रुपन्देहीका मनोज श्रेष्ठलाई लडाएपछि सुनसरीका दिपेन तामाङलाई रेफ्रीले पहेलो कार्ड दिएका थिए । सुनसरीका क्याप्टेन तिर्थ बस्नेतको ३ वटा प्रहारले सहि दिशा लिन सकेन । खेलको ३८ औ मिनेटमा रुपन्देहीका विदेशी खेलाडी प्याट्रिकको हेडलाई गोलकिपर पूर्ण चेम्जोङ्गले बिफल बनाइदिए । खेलको दोस्रो हाफमा सम्हालिएको खेल पस्केको रुपन्देही गोल बनाउन भने चुकेको थियो । खेलको ८० औ मिनेटमा सबि गुरुङको पासलाई अनुप गुरुङले दिशा दिन चुकेका थिए भने बिश्वासको पासलाई साबिले गरेको प्रहार किपरले रोकिदिएका थिए । खेलमा विजयी टिमका विदेशी खेलाडी रामजी म्यान अफ द म्याच घोषित हुदै नगद १०  हजार र कपबाट पुरस्कृत भएका छन । प्रतियोगिता अन्तरगत सोमबार च्यासल युथ क्लब र सिएमजी संकटा क्लबका बिचमा खेल हुने छ ।
 
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग