च्यासल युथ क्लब तिलोत्तमा गोल्डकपको अन्तिम आठमा

च्यासल युथ क्लब तिलोत्तमा गोल्डकपको अन्तिम आठमा
 
 
स्वस्तिक श्रेष्ठ
बुटवल
रुपन्देहीमा जारी २१ औ तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगितामा काठमाण्डौको च्यासन युथ क्लब विजयी हुदै अन्तिम आठमा स्थान बनाएको छ । सोमबार भएको खेलमा सिएमजी संकटा क्लबलाई २–० गोल अन्तरले स्तब्ध पार्दै च्यासल अन्तिम आठमा स्थान बनाएको हो । च्यासलको जितमा विदेशी खेलाडी अरमान बिडीयम नायक बने । उनले ब्यक्तिगत एक गोल गरे भने एक गोलको अवसर सृजना गरेका थिए । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा देविनगरस्थित एन्फा एकेडेमी टेक्निकल सेन्टरलाई खेलमैदान च्यासलको जितको निर्णयका लागि दोस्रो हाफ कुर्नुपरेको थियो । दुबै गोल दोस्रो हाफमा भएको थियो । शुरुवातबाट नै आक्रमक खेल पस्केको च्यासलले धेरै गोलको अवसर गुमायो । तेस्रो मिनेटमा नै च्यासलका क्याप्टेन अमिर श्रेष्ठको पासलाई अरमान बिडीयमको हेडलाई संकटाका गोलकिपर राजाबाबु थापाले क्लियर गरिदिएमा थिए । खेलको १५ औ मिनेटमा संकटाका दिपेश आलेले सृजना गरेको पास जया गुरुङ्गबाट आकासिएको थियो । खेलको २० औ मिनेटमा संकटाका दिपेश आलेले वन भर्सेज वानमा च्यासलका गोलकिपर दिनेश थापामगर बिट भएको बेला पाएको अवसरमा बललाई सहि दिशा दिन सकेनन । यसैगरि खेलको ३५ औ मिनेटमा च्यासलका क्याप्टेन आमिर श्रेष्ठको पास इलियसबाट प्रहार हुदा संकटाका गोलकिपर राजाबाबु थापाले रोकिदिएका थिए । खेलको ४९ औ मिनेटमा अरमान बिडीयमले गोल गरेका थिए । क्याप्टेन अमिर श्रेष्ठको पासलाई वनभर्सेस वनमा गोल गर्दै उनले टिमलाई अग्रता दिलाए । यसैगरि खेलको ५३ औ मिनटमा अरमानको पासमा सजिन थापाले गोल थप्दै अन्तर दोब्बर गराए । दुई गोल खाएपछि संकटा दबाबमा खेल्यो । दोस्रो हाफमा त्यसपछि लगातार आधा दर्जन प्रहारहरु च्यासलबाट भएका थिए । च्यासलका हेमन्त थापाले वन भरसेज वनमा पाएको राम्रो प्रहार गोलकिपर राजाबाबु थापाले फर्काइदिएको बल पुनः सजित थापाले सहि दिशा दिन सकेनन । खेलमा विजयी टिमका विदेशी खेलाडी अरमान बिडियम म्यान अफ द म्याच घोषित हुदै नगद १०  हजार र कपबाट पुरस्कृत भएका छन । प्रतियोगिता अन्तरगत मंगलबार दार्जिलिङ्ग युनाईटेड भारत र विभागिय टिम नेपाल पुलिस क्लबका बिच समुह बि को क्वाटरफाईनल खेल हुने छ ।
 जितपछि च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले जित स्वभाविक भएको दाबी गरे । ए डिभिजनमा बढुवाभएपछि पहिलो पटक बुटवलको खेलमैदानमा खेलेको उनले बताए । पहिलो हाफ बराबरी भएपनि दोस्रो हाफमा खेलाडीको राम्रो खेल पस्कदा गोल निकाल्न सकेको र जित हासिल भएको उनले बताए । अर्को खेल उत्कृष्ट टिम मनाङ्गसंग पर्ने भएकाले पनि आफुले राम्रो तयारी गर्ने बताए । सेट खेलाडीहरु रहेकाले टिमका कुनै परिवर्तन नहुने उनको दाबी छ । 
यता संकटाका टिमका क्याप्टेन रबि सिलवालले लगातारको खेलका कारण खेलाडीहरुमा थकानका कारण हार ब्यहोरेको बताए । लिग खेलसकिएलगतै देशभर चलेको प्रतियोगितामा खेल्दा टिमका धेरै खेलाडीहरु चोटले ग्रस्त रहेको दुखेसो गरे । सिमरा कप र खप्तडमा सेमीफाईनल नतिजा ल्याएको उनले बताए । 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग