वक्तृत्वकलामा स्मृति भइन् प्रथम

वक्तृत्वकलामा स्मृति भइन् प्रथम
विश्व न्यूज संवाददाता
अर्विङ । 
 
डलास एभरेष्ट लायन्स क्लबले गरेको  ड्रग्स  सम्बन्धी सचेतनामुलक वक्तृत्वकला प्रतियोगितामा स्मृति लामिछाने प्रथम भएकि छन् । गत आइतवार आयोजित प्रतियोगितामा असिम अधिकारी द्धितिय भए भने एकता उपाध्याय तृतीय भएकि थिइन् । सो अवसरमा भएको अप्रतियोगि तर्फको वक्तृत्वकलामा उत्कृष्ट वाचनकलाका कारण जेसिका लम्साललाई समेत पुरस्कृत गरिएको थियो । 
प्रतियोगिताको निर्णायकहरुमा ग्लोरिया माथुर,विएन पन्त र भेषराज शिवाकोटी रहेका थिए । मिना क्षेत्रीको कार्यक्रम संयोजन र लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट टु एक्स वनका डिष्ट्रिक्ट गभर्नर किथ मोरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको  अध्यक्षता क्लबका अध्यक्ष थलराज पन्तले गरेका थिए भने संचालन सचिव  केदार तिमलसिनाले गरेका थिए । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग