एनएसटी र इन्द्रेणीले होली विशेष कार्यक्रम गर्ने

एनएसटी र इन्द्रेणीले होली   विशेष कार्यक्रम गर्ने
 
विश्व न्यूज संवाददाता
अर्विङ ।
 
नेपाली समाज टेक्सस र इन्द्रेणी सांस्कृतिक समुह डलास टेक्ससले होली पर्वको अवसरमा संयुक्त रुपमा होली मिलन कार्यक्रम गर्ने भएका छन् । विभिन्न पर्वहरु संयुक्त रुपमा मनाउने र समान २/२ वटा पर्वमा गर्ने कार्यक्रमको एक मुख्य आयोजक र अर्को सहआयोजक रहने पूर्व घोषणा अनुसार १६ मार्च शनिवार गर्न लागेको होली मिलन कार्यक्रमको  मुख्य व्यवस्थापन इन्दे्रणी सांस्कृतिक समुहले गर्न लागेको हो ।
 इन्द्रेणी होली नाम दिएर गर्न लागिएको होली पर्वको अवसरमा गरिने होली मिलन कार्यक्रममा सांस्कृतिक कार्यक्रमका साथैं  बालबालिकादेखि वृद्ध वृद्दासम्मलाई मनोरञ्जन मिल्ने खालका कार्यक्रमहरु संचालन हुने आयोजकले जनाएका छन् । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग