शेर्पा किदुगमा पुनः उर्गेनको नेतृत्व

शेर्पा किदुगमा पुनः उर्गेनको नेतृत्व
न्यूयोर्क 
न्यूयोर्कस्थित नेपाली शेर्पाहरुको साझा संस्था युनाइटेड शेर्पा एसोसिएसनको २ फेब्रुअरीमा न्यूयोर्कमा सम्पन्न अधिवेशनबाट पुनः उर्गेन शर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । संस्थाले सन् २०१९ देखि २०२१ सम्मको कार्यकालका लागि १५ सदस्यीय पूर्ण कार्यसमिति गठन गरेको छ  ।
दोस्रो कार्यकालका लागि संस्थाको नेतृत्वमा पुनः निर्विरोध निर्वाचित भएका अध्यक्ष उर्गेन शेर्पाका अनुसार नयाँ कार्यसमितिले कार्य बाँडफाँड समेत गरिसकेको छ । समुदायभित्र सामाजिक र सांस्कृतिक क्रियाकलापमा अग्रणी भूमिका खेल्दै आएको शेर्पा एसोसिएसन (शेर्पा किदुग )को नवनिर्वाचित समितिको उपाध्यक्षमा फुर्बा शेर्पा, महासचिव कर्मा लामा, सचिवमा निमा नुर्बु शेर्पा, कोषाध्यक्षमा छिरिङ्ग शेर्पा, सहकोषाध्यक्षमा सानु शेर्पा, प्रवक्ता फरा देण्डी शेर्पा चुनिएका छन् ।
किदुकले कार्यसमिति सदस्यहरुलाई काम बाँडफाँट गर्दै याङ्गचेन डोल्मा शेर्पालाई मानवीय सहयोग समिति संयोजक, कान्छी लामा अतिथि सत्कार समिति संयोजक, पाल्जर शेर्पा छात्रवृत्ति समिति संयोजक, ङ्वाङ तेन्जी शेर्पा स्वार्बी रिग्सुड लोप्टा समिति संयोजक, पेमा छेवाङ्ग शेर्पा जनसम्पर्क समिति संयोजक, पासाङ डिकी शेर्पा धार्मिक कार्यक्रम संयोजक, पासाङ ग्याल्जेन शेर्पा स्वयंसेवक समिति संयोजक, ङ्वाङ थाम्जेन शेर्पा महिला सशक्तीकरण संयोजक तोकेको छ । कार्य समितिले एक विज्ञप्ती जारी गर्दै निर्वाचन समिति, संरक्षक समिति, आजीवन तथा साधारण सदस्य सबैलाई धन्यवाद व्यक्त गरेको छ । 
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई ज्याक्सन हाइट्सस्थित शेर्पा गुम्बामा त्रिरत्नलाई साक्षी राख्दै समुदायका प्रमुख औतारी गुरु टुल्कु उर्गेन रिम्पोछेले शपथ खुवाएका थिए ।
 
 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग