विभागिय टोली पुलिस तिलोत्तमा गोल्डकपको अन्तिम चारमा

 विभागिय टोली पुलिस तिलोत्तमा गोल्डकपको अन्तिम चारमा
 
स्वस्तिक श्रेष्ठ
बुटवल
रुपन्देहीमा जारी २१ औ तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगितामा विभागिय टिम नेपाल पुलिस क्लबका विजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ । मंगलबार भएको खेलमा दार्जिलिङ्ग युनाईटेड भारतलाई २–० गोल अन्तरले स्तब्ध पार्दै पुलिस अन्तिम चारमा स्थान बनाएको हो । भर्खरमात्र खप्तड कप विजेता रहेको पुलिसले राम्रो खेल प्रदर्शन गरेको थियो । पुलिसको जितमा रबि पासवान नायक रहे । उनले ब्यक्तिगत एक गोलसंगै अर्को एक गोलका लागि अवसर सृजना गरेका थिए ।
बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा देविनगरस्थित एन्फा एकेडेमी टेक्निकल सेन्टरलाई खेलमैदान शुरुवातमा दाजिलिङ्गले आक्रमक खेल प्रदर्शन गरेको थियो । खेलको २० औ मिनेटमा दाजिलिङका कनोज केले पुलिसको डिफेन्सको कमजोरीको अवसरलाई सदुपयोग गर्दै गरेको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले विफल पारिदिए । यसैगरि पुलिसका रबि पासवानले २२ औ मिनेटमा गरेको प्रहार पोष्टमा लागेर फर्किएको थियो । यता दाजिलिङ्गका क्याप्टेन गणेश लिम्बुले खेलको २६ औ मिनेटमा पाएको गोलको अवसरलाई गुमाए । निक्कै प्रतिस्प्रर्धात्मक खेलको पहिलो हाफको ईन्जुरी समयमा पुलिसका रबि पासवानले गोल गरे । उनले वन भर्सेज वानमा दाजिलिङ्गका गोलकिपर सन्जिव राउतलाई विट गर्दै गोल गरेका थिए । 
पहिलो हाफमा गोल खाएपछि सम्हालिएको खेल प्रदर्शन गरेको दाजिलिङ्गलाई भाग्यले पनि साथ दिएन । धेरै गोलका अवसरहरु दाजिलिङ्गका स्ट्राईकरले गुमाए । खेलमा ४८ औ मिनेटमा मिलन परियारको क्रसलाई हेम तामाङ्गले हेडमार्फत बल दिशा दिन नसक्दा बाहिरियो । खेलको ५५ मिनेटमा रबिको क्रसलाई नीर कुमार राईले गोल गर्नबाट चुके ।
खेलको ६८ औ मिनेटमा पुलिसका रबिको प्रहारलाई दाजिलिङ्गका गोलकिपर सन्जिव राउतबाट फर्किएको बललाई मिलन राईले जालि चुमाईका थिए ।
खेलमा विजयी टिम प्रहरीका रबि पासवान म्यान अफ द म्याच घोषित हुदै नगद १० हजार र कपबाट पुरस्कृत भएका छन । प्रतियोगिता अन्तरगत बुधबार समुह ए को क्वाटरफाईनल खेलमा झापा –११ ले दाफिन्स एफसी क्यामरुनको सामना गर्ने छ । 
यो सिजनमा थ्रि स्टार क्लबलाई खप्तड कपमा पराजित गर्दैै उपाधि जितेको पुलिसको नया र युवा खेलाडी नै जितको शक्ति भएको प्रशक्षिक अनन्त राज थापाले बताए । यसअघि ईटहरिमा मनाङसंग सेमिफाइनलमा पराजित, मनकामना कपमा जापानिज टिमसंग पराजित र धरानमा बुढासुब्बाकपमा अफ्रिकन टिमसंग सेमिफाइनलमा पराजित रहेको भएपनि अब नया टिम सेट भैसकेको उनले दाबी गरे । टिममा दुई खेलाडीको अभावलाई नया युवा टिमले स्थान लिन सकेको उनले बताए । युवा खेलाडी अभिषेक रिजाल भारतमा २१ वर्षमुनिको खेलमा र सुमन लामा ईन्जुरीका कारण मैदान बाहिर छन । ‘नया टिमको सामना गर्नुपर्दा खेलमा बुझ्न समय लाग्यो ।’–उनले भने । पहिलो हाफको ईन्जुरी समयमा गोल गरेसंगै खेलाडीमा उर्जा थपिएको उनले बताए । आगामी लिगलाई मध्येनजगर गरेर युवा खेलाडी सहित फरमेसनको समयमा रहेको भन्दै उनले ट्यालेन्टलाई अवसर दिदै टिममा नया खेलाडि भित्राएको दाबी गरे । बलियो टिम बनाउने लक्ष्यसहित आफु लागेको उनले बताए ।
यता दाजिलिङ युनाईटेड भारत नाम चलेको फुटवल क्लब हो । यो वर्ष मिलन मोड गोल्डकप बिजेता, सुमिना गोल्डकपको उपविजेता, सिलगुडिमा भएको पानिघट्टा गोल्डकपको उपविजेता रहेको प्रशिक्षक जेसन लेप्चाले बताए । भारतमा पनि खेल भएकाले केही खेलाडी बाड्नुपर्दा सेट टिमको अभाव खड्किएको उनले बताए । अर्को समय आउदा उत्कृष्ट टिम लिएर आउने उनले बताए ।
 
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग