डिपिएलमा ‘प्लेअफ’ टुङ्गो

काठमाडौँ गोल्डेन्स, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेञ्जर्स र महेन्द्रनगर युनाइटेड पुगे अन्तिम चारमा

 डिपिएलमा ‘प्लेअफ’ टुङ्गो
 
काठमाडौ
 
धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको ‘प्लेअफ’मा पुग्ने टोलीको टुङगो लागेको छ । आज भएको खेलको नतिजाले चार टोलीको टुङगो लगाएको हो । अपराजित रहेको काठमाडौँ गोल्डेन्स सात अङ्कसहित शीर्ष स्थानमा रहँदा सिवाइसी अत्तरिया दोस्रो स्थानमा रहेको छ । समान छ अङ्क भए पनि रुपन्देही च्यालेञ्जर्स रन रेटका आधारमा तेस्रो स्थानमा रहेको छ । महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्सको समान चार अङ्क भए पनि रनरेटका आधारमा महेन्द्रनगर प्लेअफमा पुगेको छ । 
रुपन्देही च्यालेञ्जर्स साबिकको विजेता धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै रुपन्देही प्लेअफमा पुगेको हो । धनगढी भने जीतविहीन भएर तेस्रो संस्करणबाट बाहिरिएको छ । वसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देहीले फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै १५ ओभरमा नौ विकेट गुमाएर १०६ रन बनायो । प्रतिकूल मौसमका कारण १५ ओभरमा खटाएर खेलाइएको खेलमा रुपन्देहीका लागि सुमित महर्जनले सवार्धिक ३३ रन, विनोद भण्डारीले २४ रन बनाए । रुपन्देहीका बाबर हायातले १९ रन जोड्दा विक्रम शोवले ११ रन बनाए । धनगढीका कप्तान सोमपाल कामी, पवन सर्राफ र विपिन खत्रीले समान दुई–दुई विकेट लिए । 
 
रुपन्देहीले दिएको १ सय ७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको धनगढी १४ ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो । धनगढीका पवन सर्राफले सवार्धिक १५, कप्तान सोमपाल कामीले ११ र सन्दीप रजालीले १० रन बनाए । धनगढीलाई सस्तैमा समेट्न रुपन्देहीका ललित सिंह भण्डारीले तीन तथा विक्रम सोवले दुई विकेट लिए । जीतसँंगै रुपन्देहीले पाँच खेलबाट छ अङ्क जोडेको छ । 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग